वीरगंज, १० पुस ।
घुमुवा सशस्त्र प्रहरी महम्मद आलमको अवैध असूलीले व्यापारीहरु त्रसित
भएका छन् । घुमुवा आलमले प्रदेश नं. २ का डिआइजी राजु अर्यालको नाम बेचेर
अवैध असूली गरिरहे.को समाचार स्रोतको दावी छ ।
आलम अहिले ओखलढुंगामा कार्यरत भएपनि उनी प्रत्येक महीना बिदा लिएर
वीरगंज आउने र व्यापारीहरुसंग महिनावारी असूल गरी फर्किने गरेको समाचार
सूत्रकोदावी छ ।
आलमले व्यापारीहरुस"ग म डिआइजी राजु अर्यालको घुमुवा भन्दै धाकधक्कु
लगाउने र रकम उठाउने गरेको बताइन्छ । १० वर्षदेखि घुमुवाको रुपमा खटेर
आलमले करोडौंको अकूत सम्पत्ति जोडेका छन् । उनको श्रीराम हलनजीकै १० धुर
घडेरी छ भने कैयौं कित्ता सम्पत्ति उनले जोडेको नाम नबताउने शर्तमा एकजना
व्यापारीले यस दैनिकलाई बताएका छन् ।

प्रतिक्रिया