वीरगंज, २७ मंसिर । वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले रक्तदान र्कायक्रमको आयोजना गरेको छ । रक्त सञ्चा।र केन्द्र पर्सामा रगतको अभाव भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खुल्ला रगत दान र्कायक्रमको आयोजना गरेको हो ।
एक जना सञ्चारकर्मी सहित ५८ जनाले रगतदान गरेका छन् । जस्मध्य ४ जना महिला र ५४ जना पुरूष रहेको जी.पी.कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए ।
रगत दिने मोहम्मद नौसाद, आकाश चौहान, न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, कृष्ण पटेल, अर्जुन गुप्ता, एलिशा राय, बिन्दु कुमारी, अनुपम नायब, निरू श्रेष्ठ, मोहम्मद अफताब, बाबुननद प्रसाद पटेल,शेख एजाज, विकास चौहान, शेख शमिर लगायतका व्यतिmले रगतदान गरेका हुन ।
रक्तदान र्कायक्रममा प्रमुख अतिथि नेपाली काग्रेसबाट प्रदेश सांसद ओमप्रकाश र्शमा, विशिष्ठ अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी,नेपाल पत्रकार महासंध प्रदेश नं २ का प्रमुख दिपेन्द्र चौहान, वीरगज महानगर पालिकाकी उपमेयर शान्ति र्काकी, विशिष्ठ अतिथि दिगो महिला विकासकी अध्यक्ष सुषमा द्धवेदी, अतिथि लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवाल तथा रक्तदान र्कायक्रमका संयोजक जी.पी कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद शहाबुदिन रहेका थिए ।
रगत दान जीवन दान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन र्पसा,दिगो महिला विकास र्पसा र लिभिगं विथ इनभाइरोमेण्टले जी पी कोईराला फाउण्डेशलाई हातेमालो गरेका छन ।
प्रतिक्रिया