वीरगन्ज : वीरगन्जमा बिहीबारदेखि नेपाली चलचित्र स्वर्णिम महोत्सव सुरु भएको छ।बिहीबार बिहान प्रभातफेरीको आयोजना गरिएको छ।
प्रभातफेरीमा वरिष्ठ कलाकार बलिउडका चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका नायक एवं अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, नायिका करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, अनमोल केसी, प्रदीप खडका, नायिका पल शाह, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाहका साथै नेपाली चलचित्र क्षेत्रसँग जोडिएका अन्य विधाका हस्ती पनि सहभागी भए।
कात्तिक २१ देखि २३ गतेसम्म चल्ने नेपाली चलचित्र स्वर्णिम महोत्सव चल्ने महोत्सव आयोजक मूल समारोह समितिले जनाएको छ।महोत्सवको समापन २३ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गर्नेछन्।
प्रतिक्रिया