काठमाडौं । बिहिबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला ६ सय रुपैयाँ वृद्धि भएको हो ।
बुधबार सुन प्रतितोला ७१ हजार चार सय रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार बिहिबारको लागि छापावाल सुन प्रतितोला ७२ र तेजावी सुन प्रतितोला ७१ हजार सात सय रुपैयाँ निर्धारण गरिएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला ८५० रुपैयाँ रहेको चाँदी बिहिबार प्रतितोला १० रुपैयाँ बढेर तोलाको ८६० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया