काठमाडौं : तीन दिन लगातार घटेको सुनको मूल्य बिहीबार (कात्तिक २१ गते) फेरि बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ४ सय रुपैयाँले बढेर ७० हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । बुधबार तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ बढेर ८५० रुपैयाँमा किनबेच भइरहेको छ ।
चाडपर्व सकिएसँगै स्थानीय बजारमा सुनचाँदीको माग केही कमी हुन सक्ने देखिन्छ । मंसिर लागेपछि फेरि बिवाहको सिजन सुरु हुने भएकाले त्यतिबेला माग बढ्ने गर्छ ।
प्रतिक्रिया