वीरगंज, १२ मंसिर । जिल्ला प्रहरी कार्यालय, पर्साले ज्यान मार्ने उद्योग तथा लागु औषध गाँजा मुद्दामा वारदात पश्चात फरार रहेको बहुदरमाई न.पा.वडा नं.७ बस्ने वर्ष ४६ को प्रभु प्रसाद कलवारलाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका कलवारलाई उनकै घरबाट पक्राउ गरी पर्सा जिल्ला अदालत बुझाउने तयारी भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी प्रहरीले बी.म.न.पा.वडा नं.१५ बसपार्कबाट २ सय लिटर घरेलु मदिरा बरामद गरी आन्तरिक राजस्व कार्यालय वीरगंजमा बुझाएको छ ।
प्रतिक्रिया