वीरगंज २२ कार्तिक । पर्साकाे जगरनाथपुर गउँपालिका वडा नं. ३ मा बिहिबार आगलागी भएकाे छ । हिरा पासवानको फुसको छानो भएको घर-पसलमा अचानक बिद्युत सर्ट भई आगलागी हुदा रु एक लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीबाट रु एक लाख बराबरको धनमाल जली क्षति भएको र मानविय तथा चौपाया क्षती नभएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । आगलागी भएकाे खबर प्राप्त साथ प्रहरी चौकी पाण्डेपुर, पर्साबाट प्रहरी टोली खटि गई प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा आगो नियन्त्रणमा आएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।
प्रतिक्रिया