बारा, कातिक २१ गते ।
बारामा प्रहरी र स्थानीय बासिन्दाबीच छठको लागि निर्माण गरिएको छठी माताको मूर्ति हटाउने विषयमा बुधबार राति झडप भएको छ ।
बाराको कलैया उपमहानगरपालिका १५ को बकुलहर टोलमा छठी माताको मूर्ति हटाउने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा करिब एक दर्जन घाइते भएका छन् ।
झडपमा प्रहरी निरीक्षक रुद्रबहादुर शाहीसहित सात जना प्रहरी घाइते साथै केही स्थानीय पनि घाइते भएका छन् । तनावपूर्ण स्थिति नियन्त्रणमा लिन सात राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो ।
छठ पर्व अगाडि नै जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा छठ सकिनेवित्तिकै मूर्ति हटाउने सहमति भएको थियो तर स्थानीयले नहटाएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया