Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर

SHARE: 520

वीरगंज : गत कात्तिक ७ गते वीरगंजमा हत्या भएको बुनिलाल चौरसियाको घटना सुल्झाउन पर्सा प्रहरीलाई तनाव भएको छ। क्राइम सिन नेपालमा भएपनि रातारात अपराधी भारत भागेपछि प्रहरीले हत्या काण्डका केही हत्यारालाई पक्राउ गर्न नसक्दा म्याद थपिँदै गएको छ।
घटनाको २५ दिनपछि अनुसन्धान जारी नै राखेको प्रहरीले जनाएको छ। वीरगंज महानगरका अग्निनियन्त्रक समेत रहेका वीरगंज–१६ नगवा निवासी बुनिलाल चौरसियाको हत्या वीरगंज–६ माईस्थानका व्यापारी दीपककिशोर अग्रवालको घर भित्र भएको थियो।

गहवामाईको मन्दिरको ठीक पूर्वमा सय मिटर दुरीमा रहेको उनको घरमा बुनिलाल अपरान्ह ५ बजे २९ मिनेटमा गएको र कात्तिक ८ गते विहान ४ बजेर ५८ मिनेटरमा मुनिलालको शव घरबाट निकालेर स्कुटीमा राखेर दीपक किशोरका छोराले नगवाको माई धिया पोखरीमा फालेको बताइएको छ।

उनको शव  नगवास्थित पोखरीको डिलमा बारोभित्र राखेर फ्याकेको अवस्थामा कात्तिक ८ गते दिउँसो मात्र बरामद भएको थियो।
हत्याको कारण के ?

दीपक किशोरकी पत्नी निधि अग्रवाल र बुनिलाल चौरसियाबीच २१ लाख रुपैयाँ लेनदेन भएको थियो। पति दीपकको मृगौला प्रत्यारोपण गर्न भारतमा उपचारका लागि एक वर्ष अघि निधिले ब्याजमा बुनिलालसँग २१ लाख रुपैयाँ कागज गरी लिएको बुनिलालको परिवारजनले बताएको छ। 'निधिलाई मेरो श्रीमान भाउजु भन्नुहुन्थ्यो,पहिले पनि ३ लाखको एक पटक कारोबार भएको छ, त्यति बेला सवा र ब्याज फिर्ता गरी उपचारको लागि थप २१ लाख लिएकी छिन्,' बुनिलालकी पत्नी फूलपति देवीले भनिन्, 'ब्याजको पैसा लिन जाँदै छु भनी विहानै निस्केका थिए,घर नआएपछि विहान साढे ५ बजे निधिको घरमा पुगेकी थिए, ११ बजे पतिलाई मारिएको खबर सुने।'

पैसा पचाउन नै पतिलाई षडयन्त्रपूर्वक हिसावले विभत्स हत्या गरेको उनको आरोप छ। हत्यामा बुनिलालका बारा विश्रामपुर इटियाहीका प्रेमचन्द्र साहको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनी पनि बुनिलालसँग २५ लाख रुपैया ऋण लिएका छन्।

बुनिलाल हत्या काण्डको अनुसन्धानका क्रममा सिसिटिभी क्यामेरामा कैद भएको भिडियो फुटेजलाई प्रहरीले बलियो प्रमाणका रुपमा लिएको छ। सिसिटिभीको फुटेजबाट हत्या भएको ठाउँ र व्यक्ति पहिचान भए पनि फरार अभियुक्त पक्राउ पर्न सकेका छैनन्।
कहाँ भागे सार्प सुटर ?

बुनिलालको हत्यामा प्रयोग भएको अपराधीहरु पेशेवर अपराधी भएको बुझिएको छ। निधिको घर झारखण्ड हो, त्यहीबाट अपराधी बोलाएर उनले यो हत्या काण्ड गराएको प्रहरीको अनुसन्धानले देखाएको विभिन्न सञ्चार माध्यमलाई बताइएको छ। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने, 'घटना पूर्ण रुपमा अनुसन्धान भइ नसकेको अवस्थामा अहिले धेरै बोल्न मिल्दैन, तर तीन जना पक्राउ परिसकेका छन्, केहीलाई पक्राउ गर्न प्रहरी लागि परेको छ।'
कहाँबाट आयो बुनिलालसँग लाखौलाख?

बुनिलाल ब्याजमा पाउने ३ लाख र घरको २९ लाख लिएर लक्ष्मी फाइनान्सको ऋण चुक्ता गर्न घरबाट निस्केको निजकी पत्नी फुलपतिले बताइन्। त्यति बेला बुनिलालसँग ५ भरीको सुनको ब्रासलेट, सिक्री, औठी गरी करिब १० भरीको सुनको गहना लगाएका पनि थिए। तर उनको शवमा कुनै गहना नभेटेको प्रहरीले जनाएको छ।

बुनिलाल वीरगंज बारूणयन्त्रमा फायरमेनमा जागिरे थिए। तर केही वर्षयता उनको जग्गाको कारोबारबाट व्यापक आर्थिक प्रगति भएको थियो। जग्गाको कारोवार, ढुकुटी खेलाउने काममा चौरसियाको आम्दानी बढेको बताइन्छ। ब्याजमा रकम कारोबार गर्ने उनी हार्डवेयर पसल पनि चलाउँथे।

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर
ब्याज लिन गएका बुनिलाल हत्या प्रकरण : क्राइम सिन नेपालमा, हत्यारा भारततिर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh6GE5sND-B3SlKpsPPsGZ4p7LOElVpeABYi6bRquBxz9mYRfe4hpfUarpo9n9NFDzBZ1YaLteCTZEkSq15SE9d2DbW5uSSj1VTZgN3DhdpwyH2GnghQ74Le9e5fDMPR63RiWWet5gtAmN9/s320/crime4-758156.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh6GE5sND-B3SlKpsPPsGZ4p7LOElVpeABYi6bRquBxz9mYRfe4hpfUarpo9n9NFDzBZ1YaLteCTZEkSq15SE9d2DbW5uSSj1VTZgN3DhdpwyH2GnghQ74Le9e5fDMPR63RiWWet5gtAmN9/s72-c/crime4-758156.png
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/11/blog-post_19.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/11/blog-post_19.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content