वीरगंज, २१ कात्तिक ।
सशस्त्र प्रहरीले अबैध रूपमा गिट्टीबालुवा तस्करी गर्दै गरेको अवस्थामा बुधवार राति ४ ओटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती करीब ८ बजेको समयमा ठोरी –५ ओरिया खोलाबाट गिट्टी बालुवा लोड गरेर जीराभवानी गापा –१,महादेवपट्टी हुँदै पीडारी गुठी लैजान लागेको अवस्थामा महादेवपट्टीमा ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए।
रातको समयमा अबैध किसिमले नदिजन्य पदार्थ तस्करी गर्न लागेको भन्दै सशस्त्र प्रहरीले ना ७ त १९८५,ना ६ त ६८३९, ना २ त ८५२ र ना ५ त ६७१ नम्बर प्लेट भएको ट्र्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक मल्लले जानकारी दिए।पक्राउ परेका ट्र्याक्टरहरूलाई आवश्यक कारबाईको लागी पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय गडुवालाइन पोस्टको जिम्मा लगाइएको समेत उनले जानकारी दिए।
प्रतिक्रिया