बारा । बाराको पथलैयामा सडक दुर्घटना, मानवीय क्षति, प्रहरी सुरक्षा सम्बन्धमा सरोकारवाला पक्षहरुचीच अन्तरक्रिया कार्यक्रम भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सवारी दुर्घटना न्यूनिकरण तथा व्यवस्थापनका लागि सरोकार निकायहरु बीच प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय बारा पथलैयाले कायक्रम गरेको हो ।
यातायात व्यावसायी, चालक, मजदुर, विद्यार्थी र सडकसँग सम्बन्धित सरोकावालाहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रममा संघीय प्रहरी ईकाइ कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरिक्षक किशोरकुमार दहालले सडकमा अनुशासन हुने भएकाले सबैले अनिवार्य रुपमा पालना गर्न आग्रह गरे ।
उनले ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र दुर्घटनामा कमि ल्याउन नसकिने र सबै सरोकारवालाको समर्थन र सहभागिताले मात्र दुर्घटना न्यूनिकरण गर्न सकिने जानकारी दिए ।
प्रतिक्रिया