विराटनगर : १० लाख रुपैयाँ हुण्डी रकमसहित प्रहरीले विराटनगरबाट एकजनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–४ कन्चनबारी चोकबाट अवैध हुण्डी कारोवारमा संलग्न सुनसरीको बर्जु गाउँपालिका–३ का २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजकुमार खिँउजुले बताए ।
रायले बोकेको झोला खानतलासी गर्दा विभिन्न दरका नेपाली नोट १० लाख रुपैयाँ, प्राइम र एनसिसी बैंकको चेक बुक लगायत सामान फेला परेको प्रहरीले जनाएको छ ।
डिएसपी खिँउजुले बरामद भएको रकम हुण्डी कारोवारको भएको पुष्टि भएपछि पक्राउ गरेर रायलाई मंगलबार आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको बताए ।
उनका अनुसार कन्चनबारी चोकमा हुण्डी कारोबार गर्ने व्यक्ति हिंडडुल गरिरहेको भन्ने सूचनाका आधारमा परिचालित प्रहरी टोलीले रायलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया