वीरगंज २९ असोज,
औषधी व्यवसायी संघ पर्सालाई आज वीरगंजका प्रतिष्ठित उद्योगपती रामअवतार खण्डेवालले ४५ लाखमा निर्माण गरेको सुविधा सम्पन्न भव्य सभाकक्ष (हल) हस्तान्तरण गर्नु भएको छ । उक्त हल उहाँका स्वर्गीय छोरा प्रदिप खण्डेवालको स्मृतीमा निर्माण भएको हो । तत्कालीन संघका उपाध्यक्षय समेत रहेका प्रदिप कुमार खण्डेवालको ४ वर्ष अघि निधन भएको थियो ।
हल हस्तान्तरण समारोहका प्रमुख अतिथि वीरगंज महानगरपालीका प्रमुख विजय कुमार सरावगीले औषधी व्यवसायको क्षेत्रमा रहेका विकृतीलाई हटाउदै सर्वसाधारणलाई सर्व सुलभ रुपमा औषधी उपलब्ध गराउन संघलाई आग्रह गर्नुभयो । उहाँले वीरगंजको समग्र विकासको लागि इमान्दार हुने प्रयास गर्ने बताउनुहुदै, हरेकले आफ्नो दायित्व निर्वाह गरेर अघि बढ्नुपर्ने धारणा रखनुभयो । प्रमुख सरावगीले आफु निर्वाचित भएर आउनु भन्दा अघि नै गरिएको अनियमितत्ता र भ्रष्टचारले गर्दा नगरवासीलाई अपेक्षाकृत सुविधा दिन नसकेको समेत बताउनुभयो ।
कार्यक्रममा औषधी व्यवसाय संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, दाता परिवारका रामअवतार खण्डेवाल लगायतले धारणा राख्नु भएको थियो । संघका अध्यक्ष ताजुद्धिन अन्सारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन पप्पु झालेगर्नु भएको थियो । साथै संघको सम्मेलनले अन्सारीकै नेतृत्वमा नयाँ कार्य समिती गठन गरेको सचिव प्रमोद कुमार सर्राफले बताउनुभयो ।
प्रतिक्रिया