काठमाडौँ – महानायक राजेश हमाल एसिड आक्रमणपछि उपचार गराइरहेकी मुस्कान खातुनलाई भेट्न गएका छन्। कीर्तिपुर अस्पतालमा उपचार गराईरहेकी वीरगञ्जकी मुस्कानलाई हमालले भेटेर कुराकानी गरेका छन्।
अभियन्ता उज्जल विक्रम थापाको ट्वीटरमा सार्वजनिक भएको भिडियोमा हमालले आफू भित्रबाट बलियो हुनुपर्छ भन्दै उपचाररत मुस्कानलाई आँट दिएका छन्। उनले मुस्कानलाई भविष्यको लक्ष्यको बारेमा पनि सोधेका छन्।
मुस्कानलाई प्रेरणा दिँदै उनले भनेका छन्, 'मैले सुने अनुसार तिमी पढाईमा पनि रुचि राख्ने रहेछौँ, तिमीलाई पढ्न पनि मन पर्छ। यो उमेरमा तिमीले आफ्नो ठोस 'गोल' पनि राखेका छौँ। त्यसले पनि काम गर्छ। यसले नै तिम्ले आफ्नो जीवनलाई छेक्न दिनु हुँदैन।'
मुस्कानसँग कुराकानी गरेपछि हमालले उनलाई सोधेका छन्, 'क्यान यू स्माइल?'
मुस्कानको प्रतिक्रिया पछि हमालले थम्जअप देखाउँदै 'गुड' भनेका छन्।
एसिड आक्रमणपछि अस्पतालमा उपचाररत मुस्कानलाई देश विदेशका कलाकारहरुले भिडियो सन्देश पठाईरहेका छन् भने उनीहरु मध्ये धेरै मुस्कानलाई अस्पतालमा नै भेट्न आएका छन्।
देश सञ्चार प्रालिद्वारा संचालित देश सञ्चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।
प्रतिक्रिया