काठमाडौं ७ कार्तिक।
वीरगंज विकास युवा संघर्ष समिति पर्साले आज पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपाललाई समृद्ध वीरगंज सुखी नेपालीको नारा सहित ध्यानाकर्षण गराउँदै छन्।
वीरगंज विकास युवा संघर्ष समितिका सदस्य राकेश पटेलको नेतृत्वमा काठमाडौं पुगेका टोलीले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई वीरगंज को मुख्य सडक दायाँ बायाँ २५/२५ मिटर फराकिलो गरी समृद्ध वीरगंज बनाउनुमा युवाहरुको भुमिका एकदमै राम्रो रहेको छ प्रतिवद्धता दिनुभएको छ। विकासको बाटोमा बाधक बनेर आउने दलालहरु लाई कडाभन्दा कडा कारवाही गर्ने बताए।
वीरगंज को मुख्य सडक २५/२५ मिटर न तोड्ने वीरगंजबाट गएको जम्बो टोली प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
मकवानपुर देखि गण्डक सम्म २५/२५ मिटर भई सकेको तर वीरगंजका केही विकास नचाहने बिरोधीहरु एजेण्ट बनि आर्थिक चलखेलले गरेर केही सिमित नेता, उधोगी, व्यापारीहरु काठमाडौं आएर विभिन्न लोभ, प्रलोभन देखाई २५/२५ मिटर विकासको काममा षड्यन्त्र भईरहेको छ।अनि विकास बाधक बनेका हरुलाई समाज बाट बहिस्कार गर्नेछ समितिका सदस्य विवेक कुमार साहले बताए।
वीरगंजको विकास बिरोधी जम्बो टोलीको बिरुद्द वीरगंजका सक्रिय युवाहरुले वीरगंज विकास युवा संघर्ष समिति नामक संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनमा रहेको समेत जानकारी गराउदछौं। केही सिमित व्यक्ति को स्वार्थ को लागि वीरगंज को विकास को बाधक बन्ने सिमित उद्योगी व्यवसायी तथा नेताहरुको भण्डाफोर गर्दै बिरगंजको सडक चौडा नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन्।
वीरगंज विकास युवा संघर्ष समिति का सम्पुर्ण युवाहरु द्वारा ध्यानाकर्षण गराउँदैमा अकलेश साह,सम्सुल अंसारी, रंजीत चौरसिया, संदिप बिक्रम साह लगायत उपस्तिथि रहेको थियो।
प्रतिक्रिया