वीरगन्ज १८ भदौ । वीरगन्जबाट ८ लाख अवैध भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं. ६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज वडा नं. १० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ मंगलबार पक्राउ परेका हुन् ।
सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ रुपैयाँ अवैध भारतीय रुपैयाँ बरामद गरेको थियो ।
प्रतिक्रिया