बीरगंज । विश्व रेविज दिवसको अवसरमा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोप लगाउने कार्य आज देखी सुरु भएको छ ।
१३ औं विश्व रेविज दिवसको अवसरमा सोमबार देखी एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा भुस्याहा(छाडा) कुकुरहरुलाई निशुल्क रेविज खोज लगाउने कार्य सुरु गरिएको एशोसियन पर्साका सदस्य अरुण पटेलले वताए ।
एशोसियसन संग आवद्ध ५/५ जनाको तिन वटा पशु प्राविधिकहरुको समुह बनाएर सडक भुस्याहा कुकुरहरुलाई खोप लगाउने कार्य थालिएको पटेलले जानकारी गराए ।
वीरगंजको घण्टाघरमा एशोसियसन पर्साका कोषाध्यक्ष जय सुन्दर पालको नेतृत्वमा पावरहाउस चोकमा सचिव ललन साह रौनियार र बहुदरमाई नपाको बिश्रामपुरमा सदस्य पटेलको नतृत्वको पशु प्राविधिकहरुको समुहले खोप लगाउन थालेका हुन ।
भुस्याहा कुकुरहरुलाई रेविज खोज लगाउने कार्यमा डा. दिनेश तिवारी, डा. हरेराम यादव, एशोसियसन पर्साका अध्यक्ष बैजुलाल गुप्ता र बिश्रामपुरको पशु शाखा प्रमुख गुलाब मेहताले सहयोग समेत गरिहेका छन ।
वीरगंज महानगरपालिकाको कार्यालय र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा संचालन गरिएको रेविज खोज लगाउने कार्य ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।
रेविज रोगबाट बाच्नको लागि रेविज खोप लगाउने अभियान चलाइएको एशोसियसन पर्साका सदस्य सुभम पाण्डे वताए । यस अघि शनिबार रेविज दिवसको अवसरमा एशोसियन पर्साले वीरगंजमा चेतनामूलक र्याली समेत निकालेको थियो ।
प्रतिक्रिया