वीरगंज, १७ भदौ ।
सवारी साधन आयातमा कमी आएपछि मुलुककै प्रमुख भन्सार वीरगंजको राजस्व असुली प्रभावित भएको छ। कार्यालयका सूचना अधिकारी मनीषकुमार महतोका अनुसार सवारी साधनको आयात घट्दा राजस्व असुली प्रभावित भएको हो।
उनले महँगा कार र बाइकको आयात घटेको छ। भन्सार कार्यालयले चालू आवको साउनमा १५ अर्ब १३ करोड ८७ लाख ३७ हजार लक्ष्य लिएकोमा १० अर्ब ९५ करोड ४ लाख ४ हजार मात्र राजस्व असुली गरेको थियो।कार्यालयको तथ्याक अनुसार जीप, कार, भ्यान, मोटरसाइकल, डबल क्याब पिकअप, सिगल क्याब पिकअप,ट्रक, मिनीट्रक, अटो रिक्सा, ट्याक्टर, इलेक्ट्रिक रिक्सा, इलेक्ट्रिक मोटरसाइकल लगायतको आयात घटेको छ।
सवारी साधनको आयात घटयो भने पेट्रोलियम पदार्थको पनि आयात घटने विश्वास लिइएको छ ।कार्यालयका अनुसार पाम कच्चा तेल, सूर्ती, पेट्रोल, खजुर(छोकडा), पेट्रोलियम बिटुमिन, जिंक, पोलि इथाइलिन टेरेफयालेट, मदिरा,चकलेट तथा कोका मिश्रित खाद्य पदार्थ, सेफ्टी रेजर ब्लेड,पिग आइरन, तयारी पोशाक,साडी,स्पोर्टस जुता,पोलि प्रोपाइलिन, ज्याकेट,ब्लेजरहरू,श्रृंगारका सामानको आयात भने बढेको छ।वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले भन्सार राजस्व घट्नु चिन्ताको विषय भएको बताए
।वीरगंज भन्सारबाट निकासी भने बढेको छ। साउनमा २ अर्ब ६९ करोड रुपियाँँको सामान निकासी भएको छ।गत वर्षको साउनमा वीरगंज भन्सारबाट १ अर्ब ५७ करोड रुपियाँँको मात्रै सामान निकासी भएको थियो।
प्रतिक्रिया