रमेश तिमल्सिना | भदौ २४, २०७६ रौतहट : चन्द्रपुर नगरपालिका–१० पडरियाटोलका चन्देश्वर बैठाले आफ्नो छोरा लिन डिएनए परीक्षण गर्नुपर्ने भएको छ। २०७५ जेठ ३१ मा घरबाटै हराएका ६ वर्षीय छोरा अविनाशलाई लिन बाबु चन्देश्वरलाई प्रशासनले डिएनए परीक्षण गर्न निर्देशन दिएको छ। बेपत्ता अविनाशलाई कटहरिया नगरपालिकाको बगही गाउँका राजकिशोर बैठाले भेट्टाएर घरमा राखेका थिए। बगहीमा छोरा रहेको जानकारी पाएपश्चात चन्द्रेश्वर त्यहाँ पुगको थिए। उनी छोरा लिन पुगेपछि राजकिशोरले ती बालकलाई प्रहरीको महिला सेल गरुडाको जिम्मा लगाएका थिए। प्रहरीले प्रमाण पुर्याएर बालक फिर्ता लैजान आग्रह गरेका थिए। दुई छोरी र दुई छोरामध्ये कान्छो छोरा अविनाश लिन प्रमाणसहित जाँदा पनि प्रहरीले विभिन्न बहानामा दुःख दिएको चन्देश्वरको गुनासो छ। उनले छाराको जन्मदर्ता, वडा कार्यालयले गरेको नाता सिफारिस, विद्यालयलले गरेको सिफारिस तथा आफुसँगै भएको फोटोसमेत पेश गर्दा पनि प्रहरीले छोरा फिर्ता नदिएको उनले बताए। पछिल्लो समय प्रमुख जिल्ला अधिकारी किरण थापाले डिएनए परीक्षण गराएर मात्रै छोरा लैजान भनेपछि झन् समस्या थपिएका उनको गुनासो छ। छोरा हराएपछि २०७५ असार ७ मा इलाका प्रहरी कार्यालयमा फोटोसहित खोजतलास गरिदिन निवेदन दिएको चन्द्रेश्वर बताउँछन्। यता, प्रमुख जिल्ला अधिकारी थापाले शंका उब्जिएकाले डिएनए परीक्षण गराएर मात्रै बालक लैजान भनेको बताउँछन्। बालकले चन्द्रेश्वर र उनकी श्रीमती नचिनेकाले बालक र चन्द्रेश्वरको डिएनए परीक्षण गराएर मात्रै जिम्मा दिँदा उपयुक्त प्रजिअ थापाको भनाइ छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले बालकले चन्द्रेश्वरकी श्रीमती नचिनेको कारण शंका उठेको बता । बाबुआमाले नाता प्रमाणित हुने कागजात पेश गर्दा पनि यसरी बालक परिवारलाई जिम्मा नदिनु राम्रो नभएको चन्द्रेश्वरका दाजु संजय बैठा बताउँछन्। स्थानीय मुकेश गुप्ताले बालक हराएको बेला इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा दिएको निवेदनमा बालकको फोटो रहेको बताउँदै अनुसन्धानको नाममा प्रहरीले गरिबलाई सास्ती दिएको आरोप लगाए । करिब १५ दिनदेखि बालक प्रहरीको महिला सेल गरुडामा छन्।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
MAIN QUOTE$quote=Steve Jobs

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
[साताको खबर]$type=one
-
Affiliate programs are the perfect way to optimise your website and to subsidise any income. Depending on the amount of work that you are wi...
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
/fa-clock-o/ लोकप्रिय$type=list
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
There's no getting around the fact that our bodies age. For men, as we get closer to the middle age mark, natural testosterone product...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया