वीरगंज, १३ असोज ।
बाराको सिमरौनगढ नगरपालिकामा रहेको मोटरसाइकल वर्कसपमा हावाको ट्याङ्की पडकिँदा घाइते भएका मिस्त्रीको मृत्यु भएको छ । सिम्रोनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुरका मोटरसाइकल मिस्त्री २६ वर्षीय फैजुल्लाह अन्सारीको उपचारका क्रममा मृत्यु भएको छ ।
फैजुल्लाह अन्सारीको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । यस्तै २० वर्षीय मेराज आलम घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
प्रतिक्रिया