वीरगंज २4 भदौ ।
प्रदेश २ का विधायक रमेश प्रसाद कुर्मीले एसिड पिडित किशोरिको लागि नगद ५० हजार सहयोग गर्नु भएको छ ।
वीरगंज महा नगरपालिका वडा नं. २ छपकैया निवासी १५ वर्षिय खुस्वु खातुन माथी शुक्रवार विर्ताको गणेशमान चौकमा स्थानिय सम्साद मिया र मजिद आलमले एसिड आक्रमण गरि गमभिर घाईते तुल्याएका थिए । घाईते खातुनको काडमाण्डौमा उपचार भईरहेको छ भने एसिड आक्रमण गर्ने दुबै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एसिड पिडित किशोरिलाई सांसद प्रदिप यादवले ५० हजार , वीरगंज महा नगरपालिका मेयर विजय सरावगिले १५ हजार र प्रदेश नम्बर दुईका मुख्यमंत्री लालबाबु राउत ले ५ लाख सहयोग गर्ने घोषणा गरेका छन । सांसद प्रदिप यादवले किशोरी माथी एसिड आक्रमण गर्ने अपराधिलाई मुत्यु ढण्ड दिनु पर्ने मांग गरेका छन् भने महिला सांसदहरुले पनि एसिड आक्रमण गर्ने माथी कडा कारवाही गर्न मांग गरेका छन् ।
प्रतिक्रिया