वीरगंज, २४ साउन । नेपाल विद्यार्थी संघ पर्साले नियमित रूपमा विद्युत सञ्चालन हुनुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।
नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारीको नेतृत्वमा रहेका संघका युवाहरूले शुक्रवार प्राविधिकरणका प्रमुख मुनिनद्र ठाकुरलाई ज्ञापनपत्र बुझाउदै जिल्लाको विद्युत नियमित रूपमा सुचारू गर्न माग गरेका हुन् ।
ज्ञापन पत्र बुझाउदै संघका जिल्ला अध्यक्ष तिवारीले मुलुक लोडसेटिङ्ग मुक्त घोषणा भइसकेको सरकारले दाबी गरेपनि यस जिल्लामा वारम्वार विद्युत कटौतीले जिल्लावासी आजित भएकोले यसमा सुधार नल्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।
उनले भने, 'पर्सा जिल्ला बाहेक अन्य जिल्लामा लोकसेटिङ्ग छैन । तर, केहि साता यता यस क्षेत्रमा अघोषित लोडसेटिङ्ग गरेका कारण जिल्लावासी कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।'
व्यवसायीहरूसँग मिलेर इनर्भटर पद्धतीलाई पुन स्थापना गर्न विद्युत कार्यालयबाट कही चलखेल त भएको छैन, उनले भने जनमानमा धेरैनै गुनासो आइरहेको छ । त्यसैले के कारणले प्रचण्ड गर्मीमा समेत नियमित विद्युत कटौती भएको छ यसमा गम्भीर हुन प्राधिकरणका प्रमुख ठाकुरलाई आग्रह समेत गरेका छन् ।
अघोषित लोडसेटिङ्गको समस्या समाधान गरी नियमित विद्युत सुचारू गरी जनतामा सर्वशुलभ तरिकाले सेवा उपलब्ध गराइदिन ज्ञापन पत्र मार्पmत जोडदार माग समेत गरेका छन् । जनताको मर्कालाई बुझी तत्काल समस्या समाधान नभए चरणबद्ध रूपमा आन्दोलनमा जान बाध्य ज्ञापनमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझदै प्राधिकरणका प्रमुख ठाकुरले नियमित विद्युत कटौतीमा समस्या भएको स्वीकार्य गर्दै यसलाई सच्याउन माथिल्लो निकायमा पहल गर्ने बताए । उनले भने, 'नेपालमा ४० प्रतिशत विद्युत छिमेकी मुलुक भारतबाट आयात गरिएको छ, भारतमै नियमित विद्युतमा समस्या आउने गरेका कारण यस क्षेत्रमा पनि समस्या आउने गरेको हो ।'
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेविसंघका उपाध्यक्षद्वय शेष हजरा, साबिर हसैन, सचिव समिर मन्सुरी, सह सचिवद्वय राजेश पटेल, रमेश यादव, सदस्यहरूमा प्रभु साह, नेजार हासमी लगायत नेविसंघका विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया