वीरगंज, ११ भदौ ।
मुख्यमन्त्री लालबाबु राउतले बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेशमा १४ हजार छात्राहरुलाई साइकल वितरण गरिसकेको बताएका छन् ।
बुधवार सुन्दरमल रामकुमार कन्या मावि वीरगंजमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार साइकल वितरण कार्यक्रम कक्षा ८ लाई लक्षित गरेको बताए ।
मुख्यमन्त्री राउतले छोरीहरुको लागि शिक्षा बिमा लागु गरेको र २० वर्षमा १ लाख २५ हजार पाउन सक्ने बताए । कार्यक्रममा कन्या विद्यालयका १०३ जना छात्रालाई साइकल वितरण गरिएको थियो ।
प्रतिक्रिया