वीरगंज, ३१ साउन ।
पोखरियामा आगलागी हुंदा एउटा गोठ र एकजनाको घर जलेर नष्ट भएको छ ।
पर्सा जिल्लाको पोखरिया न.पा. वडा नं.१० बस्ने माधव राउतको फुसको गोठमा आगलागी भएको छ ।
लामखुट्टे धपाउन बालेको घुरबाट अचानक आगलागी हुँदा सोही ठाउँ बस्ने लक्ष्मण ठाकुर हजामको खरले छाएको फुसको घर समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट एक लाख बराबरको क्षति भएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया