वीरगञ्ज – लागुऔषधसहित बाराको छुट्टाछुट्टै स्थानबाट प्रहरीले पाँच जनालाई जनालाई पक्राउ गरेको छ । कलैया उप महानगरपालिका वडा नम्बर १० मटिअर्वामा चेकजाँच गर्ने क्रममा ३ जना लागुऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कलैया उप महानगरपालिका ६ का हारुण मियाँ, सागर जैसवाल र भरत महतो धानुक रहेका छन् । त्यस्तै जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर १ पथलैयाबाट पनि लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले महोतरीको मनरा सिश्वा नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय नरेश कुमार मण्डल र १९वर्षीय शयाम सुन्दर साहलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया