वीरगंज, ११ भदौ ।
प्रदेश सभा सदस्य सिंहासन साह कलवारले मधेसमा रहेको दाइजो प्रथा कोढ भएको टिप्पणी गरेका छन् ।
आज ठोरी ४ को ज्ञान ज्योति माध्यमिक विद्यालय घ्याङ्डाडाका कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल वितरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदेश –२ सरकारले छात्राहरूको शिक्षामा पहुँच बढाउन छात्रामैत्री धेरै कार्यक्रम ल्याउन लागेको बताउँदै छोरीहरूलाई छोरासरह व्यवहार गर्न सबै अभिभावकलाई आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले ज्ञान ज्योति विद्यालयको सहयोग गर्न आफू सधैं तत्पर रहेको बताउँदै विद्यालयमा चाडैं छात्राको लागी प्रदेश सरकारको कार्यक्रम अन्तरगत शौचालय निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे।
समाजवादी पार्टी नेपालका पर्साका कार्यबाहक अध्यक्ष रामनरेश यादवले समाजमा पछि पारिएको वर्ग र जातिकै उत्थानका लागी समाजवादी पार्टी स्थापना भएको बताए ।
पार्टीका निवर्तमान जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले प्रदेश –२ सरकारले लोक सेवा बिधेयकमार्पmत महिलाको लागी ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागेकाले आफ्नो पार्टी महिलामैत्री पार्टी भएको उद्घोष गरे ।
कार्यक्रममा पार्टीका जिल्ला सदस्य तबरेज अहमदले प्रदेश सरकारले ल्याएको कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा प्रदेशको विकासका लागी समाजवादी पार्टी अझ सशक्त भएर लागिपर्ने विचार व्यक्त गरे । उनले समाजवादी पार्टी मधेसीको मात्र भएको भनेर टिप्पणी गर्नेहरू पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको प्रवेश भएसंगै अचम्मित भएको दाबी गरे । कार्यक्रममा जिल्ला सदस्य एवं ठोरी गापा संयोजक पुर्ण थिङ,नेता मुकलेश अन्सारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा पाख्रीनको सभापतिŒवमा सम्पन्न कार्यक्रममा पर्साको ठोरी गाउँपालिकामा नै पहिलोपटक छात्राहरूलाई साइकल वितरण गरिएको हो।
बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत २२ जना छात्राहरूलाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पिताचन्द्र ढुङ्गेलले जानकारी दिए ।
प्रतिक्रिया