सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गलौज गर्नै एक युवक पक्राउ परेका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भइ श्री कंकाली अटो ट्रेडर्सको सञ्चालक २५ वर्षीय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका गुप्ताले फेसबुकमार्फत प्रमुख जिल्ला अधिकारीलाई गाली गलौज गरेको पर्सा प्रहरीले जानकारी दिएको छ।
गुप्तालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया