Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

प्रहरीमाथि आक्रमण गरी हतियार लुट्नेहरु खुलेयाम गाउँमा

SHARE: 520

वीरगन्ज : प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर फरार रहेका अभियुक्त गाउँमा खुलेआम घुम्दै गरेको भएपनि पक्राउ गर्न प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित भएका छन्। पर्साको जगरनाथपुर गाउँपालिका- १ पाडेपुरमा गत पुष ३ गते नेपालबाट भारतमा डिजेल तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा नेपाल र भारतका तेल तस्करले आक्रमण गर्दा दुईजना प्रहरी सहायक निरीक्षकसहित चार जना प्रहरी गम्भीर घाइते भएका थिए।
 
तेल तस्करले प्रहरीको साथमा रहेको थ्रि नट थ्रि राइफल र पेस्तोल पनि लुटेर भागेका थिए। उक्त घटनामा संलग्न २९ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग मुद्धा दर्ता गरेपछि उनीहरु गाउँ छाडेर फरार भएका थिए। 

मुद्धा दर्ता गरिएका २९ जनामध्ये पाडेपुरका ६ जना पर्सा जिल्ला अदालतमा आफै हाजिर भएपछि अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भएका थिए। बाँकी २३ जना फरार अभियुक्त भारतको विभिन्न ठाउँमा ७ महिनादेखि लुकीछिपी बस्दै आएको र ती मध्ये ५ जना दुई हप्ताअघि गाउँ फर्किएका छन्। 

दुई हप्ता पहिले भारतबाट गाउँ फर्किएका फरार अभियुक्तले ज्यान मार्ने धम्की समेत दिँदै आएको स्थानीय नसरुल्लाह गद्धीले बताए। वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरी गद्धीसहितका स्थानीयले फरार अभियुक्त १२÷१३ दिनदेखि गाउँमा खुलआम रुपमा घुम्दै हिँडेको र यसबारे प्रहरीलाई खबर गर्दा पनि उनीहरु पक्राउ परेका छैनन्।

पत्रकार सम्मेलनमा अदालतमा धरौटी बुझाएर रिहा भएका नेजारुल राउत गद्धीका दाजु नसरुल्लाह गद्धीले गाउँ फर्किएका फरार अभियुक्तले आफूहरुलाई ज्यान मार्ने धम्की समेत दिँदै हिँडेको बताए। घटनामा संलग्न भइ फरार भएका पाडेपुरकै भुलाइ राउत गद्धी, फताब राउत गद्धी , अली अहमद राउत गद्धी, लालबाबु राउत गद्धी र रजिस् राउत गद्धी अहिले गाउँमा आएर धम्की दिँदै हिँडेको नसरुल्लाहको दावी छ।

'घटनामा आफूहरुको नाम पोलेको भन्दै उनीहरुले हामीलाई काट्ने मार्ने धम्की दिँदै हिँडेका छन्, 'पत्रकार सम्मेलनमा नसरुल्लाहले भने, 'यस बारेमा मैले एसपी र सिडिओलाई भेटेरै खबर गरिसकेको छु, तर अहिलेसम्म उनीहरु पक्राउ परेका छैनन्।

घटनामा संलग्न नभएका आफ्नो परिवारका पाँचजनाविरुद्ध त्यस बेला प्रहरीले मुद्धा दर्ता गरेको भएपनि अदालतमा हाजीर गराइ धरौटी बुझाएर रिहा गराएको भन्दै नसरुल्लाहदले भने, 'त्यसबेला प्रहरी चौकीमै आक्रमण गरेर फरार अभियुक्त अहिले गाउँमा खुलआम धम्क्याउँदै घुमिरहेका छन्, प्रहरीलाई खबर गर्दा पनि पक्राउ गर्न कुनै चासो देखाएको छैन।

प्रहरीले गाउँमा बस्दै आएका फरार अभियुक्त पक्राउ गर्न चासो नदेखाएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको पनि नसरुल्लाहले बताए। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाका फरार अभियुक्त पक्राउ गर्न प्रहरी लागेको बताए। फरार भएकामध्ये केही अभियुक्त गाउँ फर्किएको भन्ने खबर आएपछि उनीहरुलाई पक्रन प्रहरी खटाइसकेको उनले बताए। 

गत पुष ३ गते बिहान करिब ३ बजे तिर दुईवटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोज्दा उल्टै तस्कर र उनीहरुको समूहले आक्रमण गर्दा प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरीक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा , प्रहरी जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका प्रहरी सहायक निरीक्षक जय किशुन महत्तो गम्भीर घाइते भएका थिए ।

त्यसदिन पाँडेपुर र सीमावर्ती भारतीय गाउँका तेल तस्करले प्रहरीको साथबाट थ्रि नट थ्रि राइफल र पेस्तोल पनि खोसेर भागेका थिए। प्रहरीबाट तस्करले खोसेको राइफल भने घटनास्थल नजिकैको खेतमा फेला परेको थियो। 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: प्रहरीमाथि आक्रमण गरी हतियार लुट्नेहरु खुलेयाम गाउँमा
प्रहरीमाथि आक्रमण गरी हतियार लुट्नेहरु खुलेयाम गाउँमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrg0PrtkV_ihqz0qZ_f0Kdyberorbt9XoNnydqgEXuv-KcYq9fR9PmlPM0IMPIpyvGuKOqG3lE4LBeDWmPuhym1H21nsK8mDZQxCa6Rgq6SlFC_UrNWheqJaZpH5uUPKD9UOhDcrXUYRK8/s320/pakrau-_20190819103841-785935.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhrg0PrtkV_ihqz0qZ_f0Kdyberorbt9XoNnydqgEXuv-KcYq9fR9PmlPM0IMPIpyvGuKOqG3lE4LBeDWmPuhym1H21nsK8mDZQxCa6Rgq6SlFC_UrNWheqJaZpH5uUPKD9UOhDcrXUYRK8/s72-c/pakrau-_20190819103841-785935.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/08/blog-post_49.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/08/blog-post_49.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content