वीरगंज, २७ साउन ।
वीरगंजमा एकजना भारतीयले आत्महत्या गरेका छन् ।
भारतको आसाम घर भई हाल जि.पर्सा वीरगंज महानगरपालिका वडा नं. –३ प्रगतीनगर स्थित शेख अनवरको घरमा डेरा गरी बस्ने वर्ष५५ को शंकर मण्डल घरको पछाडी रहेको अम्बाको रूखमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
मृतक ठेला चलाउँदै आएका थिए । प्रहरीले शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।
प्रतिक्रिया