पर्सा, भदौ ६
पर्साबाट नक्कली नोटका दुई कारोबारी पक्राउ परेका छन्। पर्सा बहुदरमाई नगरपालिका १२ का ३४ वर्षीय दिलीपकुमार साह र वीरगन्ज महानगरपिलका २ का ४८ वर्षीय जमिल अक्तरलाई नक्कली भारतीय नोटसहित बिहीबार राति पर्सा प्रहरीले पक्राउ गरेको हो।
पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार उनीहरूको साथबाट २ हजारको ९५ थान नक्कली नोट बरामद भएको छ। वीरगन्ज १६ इद्गाहा चोकमा विभिन्न सवारीसाधन र पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए।
प्रतिक्रिया