Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

जनकपुरमा गुड्ने जानकी रेल मद्रासमा तयार हुँदै

SHARE: 520

काठमाडौं। आगामि दशैं, तिहार र छटसम्म जनकपुरमा जानकी रेल गुड्ने भएको छ। जनकपुरमा गुड्ने दुई वटा रेल हाल भारतको मद्रासमा निर्माण भइरहेका छन्। रेलवे विभागका अनुसार आगामि तीन महिनाभित्र मद्रासबाट ती दुइ वटा रेल जनकपुरमा आउने छन्। एक महिनाको फरकमा दुइ वटा रेल ल्याउने तयारी भएको विभागले जनाएको छ।  

दुइ वटा मध्ये एउटा रेलको नाम जानकरी राख्ने निर्णय भएको विभागले जनाएको छ। अर्को रेलेको नाम पशुपति या सगरमाथामध्ये एउटा राख्ने सम्भावना भएको विभागका महाप्रवन्धक वलराम मिश्रले जानकारी गराए।

ती दुइ रेल बढीमा छटभित्र जयनगर, जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दुरीमा सञ्चालनमा आउने छन्। दशै, तिहार त्यो भित्र छटसम्म जनकपुरमा रेल सञ्चालनमा ल्याउने सबै तयारी पूरा भएको विभागका मिश्रले बताए। जनकपुरको रेल गुड्नकोलागि करिब करिब सबै संरचना पूरा भएको उनले जानकारी गराए।

विभागका अनुसार जयनगर, जनकपुर, कुर्था रूटमा सञ्चालन हुने ती रेल डिब्बा भएका आधुनिक स्वरुपका हुने छन्। जयनगर, जनकपुर–कुर्था रूटमध्ये करिब ३ किमि भारतमा पर्छ भने बाँकि ३२ किमि नेपालतर्फ पर्छ। जयनगर, जनकपुर–कुर्था रूटमा रेल सञ्चालनमा आएको ६ महिना पछि त्यस रूटमा अरू १७ किमि दुरु बढाइने विभागले जनाएको छ। यसपछि जयनगर, जनकपुरबाट आउने रेल महात्तरीको विजरापूरसम्म पुग्ने छ।

यसैगरी त्यसको २ वर्ष पछि जयनगर, जनकपुर, कुर्था बर्दीबासम्म करिब ७० किमि दुरीमा चल्ने सञ्चालनमा आउने मिश्रले जनाए। उक्त रूटमा भारत सरकारको सहयोग हुने मिश्रले जनाए।

विभागले ८५ करोडमा दुइ वटा आधुनिक रेल खरिद गर्न भारतको कोन कोन रेलबे कप्रोरेशनसँग सम्झौता गरेको छ। भारतबाट खरिद गरिएका ती रेल डिजेलबाट चल्ने छन्। यसअघि नेपालमा डिजेल रेल चलेको थिएन। यसअघि चलेको रेल कोइलाबाट चलेको थियो। विभाग स्रोतका अनुसार विशेष कार्यक्रम गरेर रेल उद्घाटन गरिने तयारी भएको छ। उद्घाटन कार्यक्रममा दुवै देशका  विशिष्ट व्यक्तिलाई आमन्त्रित गरिने भएको छ।

भारत र नेपालका सरकार प्रम्खले संयुक्त रुपमा रेलको उद्घाटन गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। 'तर यसको टुंगो भने लागेको छैन।'स्रोतले भन्यो। केही दिन अघि आएको बाढी पहिरोले जकपुरमा रेलको लिगमा क्षति पुर्‍याएको थियो। क्षति भएको ठाउँमा मर्मतको काम भइरहेको विभागको विभागको भनाइ छ।

लिगमा पुर्‍याइएको क्षतिको कारण रेल सञ्चालनमा कुनै अवरोध नआउने मिश्रले बताए। उनले भने,'जनकपुरमा रेल गुड्न अब कुनै समस्या छैन। सबै संचरना तयार भएका छन्।'

विभागका जनकपुर—जयनगर चल्ने रेलमा प्रति रेल करिब एक हजार २ सय मान्छे अटाउने छन्। यसअघि, जनकपुर–जयनगर दुरीमा चल्दै आएको रेल २०७० देखि पूर्ण रूपमा बन्द भएको छ। २०७० यता नेपालका रेलको बारेमा चर्चा धेर भयो तर काम भने केही भएन्। आर्थिक वर्ष २०७५-७६ को लागि नेपालमा रेल चलाउन सरकारले ७ अर्ब ७० करोड रुपैयाँ छुट्टयाएको छ।

चालु आर्थिक वर्षमा मात्र करिब ४ अर्ब रुपैयाँ रेल चलाउन सरकारले सकारले छुट्टयाएको छ। सरकारले २०७० देखि नै हरेक वर्ष रेलकोलागि वजेट छुट्टयाउदै आएको छ। 

जनकपुर–जयनगर रुट बाहेक भारतको वथहना–जोगवनी, विराटनगर रूट करिब ८ किमि दुरीमा रेल गुडाउने तयारी पूरा भएको विभागले जनाएको छ। उक्त तयारी यात्रु ओसार्नकोलागि भन्दा मालसामान ओसार्ने प्रयोजनकोलागि हुने विभागले जनाएको छ। यसकोलागि टेण्डर आब्हान समेत भइसकेको मिश्रले जनाए।

३ हजार किमिमा रेल गुडाउने योजना 
सरकारले पूर्व पश्चिम( मेची–महाकाली) ९ सय ४५ किमि (लिकं सहित १ हजार ४७) किमि दुरीमा रेल सञ्चालन गर्ने योजना बनाएको छ। सो रूट अन्तर्गत जयनगर, जनकपुर बर्दिवास रूट पर्छ। विभागका अनुसार मेची महालकाली रेल सञ्चालन गर्न कुनै अवरोध नभइ लगायतार काम भए कम्तीमा १० वर्ष लाग्छ। त्यसकोलागि ८ खर्ब रुपैयाँ खर्च हुने अनुमान विभागको छ।

विभागका अनुसार १ किमि रेल चलाउन करिब ९० करोड रुपैयाँ खर्च हुन्छ। यसमा जग्गा अधिग्रहणकोलागि दिइने मुआब्जमा समेत जोडिने गर्छ। विभागले २० वर्षभित्र नेपालको ३ हजार किमि दुरीमा रेल गुडाउने योजना बनाएको छ। यसकोलागि करिब ३० खर्ब रुपैयाँ खर्च हुने विभागको अनुमान छ। काठमाडौ–रक्सौल रूटमा पनि रेल गुडाउन योजना सरकारको छ।

यसकोलगि पूर्व अध्ययन पू्रा भएको र डिपिआर तयार हुन बाँकि नै रहेको विभागले जनाएको छ। बहुचर्चित केरूङ–काठमाडौं ७२ किमि दुरीमा रेल गुडाउन पूर्व अध्ययनको काम पूरा भएको छ। एक डेढ वर्षभित्रै चीन सरकारको सहयोगमा विस्तृत अध्यन सुरु गरिने मिश्रले जनाए।

तर कानुनी प्रक्रिया नै झण्झटिलो
विभागले गर्ने ठेक्का प्रक्रियामा बेला बेलामा कानुनी झन्झट आाउने गरेकोले काममा अवरोध सिर्जना हुने विभागका कर्मचारीहरुको बुझाइ छ। 'त्यसमा पनि नियत नराम्रो भएको व्यक्तिहरुले विभागको काममा अवारोध पुर्‍याउन काननी झण्झट सिर्जना गर्ने गर्छन्।' एक कर्मचारी भन्छन्।

छिटो छरितो काम गर्न ठेक्का टेण्डर प्रक्रियामै सुधार गर्नु पर्ने मिश्रको भनाइ छ। उनी भन्छन, 'काममा अवरोध गर्न अदालत सम्म जाने प्रवित्तिले भनेको समयमा काम गर्न गाह्रो हुन्छ।' तोकिएको समयभित्र भित्र काम पूरा गर्न आफू प्रतिबद्ध भएको उनले दावी गरे। 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: जनकपुरमा गुड्ने जानकी रेल मद्रासमा तयार हुँदै
जनकपुरमा गुड्ने जानकी रेल मद्रासमा तयार हुँदै
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpBgvgu9XUw1bU4TTFxS0jCOhHhoda8WvqvaWhv0mgenXV6ebEtIVXg1T7wlQ0TH80MiowBNLeN3k7jXM07OefBRedoDW5uYeJp5igMqLWBFe6qZGEuD6DaXEeFK1FZS7SJnpb_sZL_aJo/s320/janakpur-rail-train-1-796352.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpBgvgu9XUw1bU4TTFxS0jCOhHhoda8WvqvaWhv0mgenXV6ebEtIVXg1T7wlQ0TH80MiowBNLeN3k7jXM07OefBRedoDW5uYeJp5igMqLWBFe6qZGEuD6DaXEeFK1FZS7SJnpb_sZL_aJo/s72-c/janakpur-rail-train-1-796352.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/08/blog-post_2.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/08/blog-post_2.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content