महोतरी । महोतरीबाट ठूलो परिमाणमा चाँदी लुकाइछिपाई भारत लैजाने गरेको तथ्य खुलेको छ । सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेपछि सो तथ्य खुलेको छ ।
मटिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट खटिएको पैदल गस्तीले जाँचका क्रममा बीआर३२एल ०६८९ नम्बरको पल्सर मोटरसाईकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेटभित्रबाट महतोलाई चाँदीको पोकासहित नेपाल भारत दशगजा नजिकबाट नियन्त्रणमा लिएको थियो । सशस्त्र प्रहरीले १५ किलो चाँदीका दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा धनुषा मुसहरनिया–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको छ ।
सशस्त्र निरीक्षक शुभाषचन्द्र मैनालीकाअनुसार जाँचका क्रममा बीआर३२एल ०६८९ नम्बरको पल्सर मोटरसाइकलमा भारततर्फ जाँदै गरेका वीरेन्द्रको हेल्मेटभित्रबाट चाँदीको पोका फेला परेको थियो । बरामद चाँदीको बजार मूल्य १० लाख बढी हुने सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
नेपालमा भन्दा भारतमा चाँदी प्रति किलो ९ सयदेखि २ हजार रुपैयाँ बढीमा बिक्ने व्यवसायीले बताए । चाँदी बिक्रि वापत उताबाट प्राप्त हुने भारतीय रुपैयाँ नेपाली बजारमा सयकडा २ देखि ५ रुपैयाँसम्म बिक्रि हुन्छ । दोहरो मुनाफा हुने भएपछि सुनचाँदी तस्करी हुने गरेको संघले जनाएको छ ।
वीरेन्द्रले चाँदी भारतको दरभंगा र्पुयाउने जिम्मा लिएको बयानमा खुलाएका छन । यसअघि २ पटक गरी २५ केजी चाँदी भारत छिराएको उनले स्विकारेका छन । दरभंगाका कपिल नामका सुनचाँदी कारोबारी तथा त्यहाँका ठूला पसलमा र्पुयाउने गरेको उनले बताए ।
सशस्त्र निरीक्षक मैनालीकाअनुसार वीरेन्द्रको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकका एटिएम, भारतीय पहिचान पत्र र भारतीय सवारी लाईसेन्ससमेत बरामद भएको छ । वीरेन्द्रलाई चाँदीसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको छ । यसअघि ६ महिनाको अवधिमा सशस्त्र प्रहरीले ४७ किलो चाँदीसहित एक जना र नेपाल प्रहरीले २४ किलो चाँदीसहित तीन जनालाई दशगजा क्षेत्रबाटै नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया