१६ साउन, रौतहट । चन्द्रपुर नगपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बन्द आहृवानको पूर्वसन्ध्यामा बुधबार गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा आगजनी भएको थियो । आगजनीमा कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएको छ ।
आगनीमा संलग्न भएका आरोपमा प्रहरीले चन्द्रपुर- ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिङ, मानबहादुर वाइवा, गैडाटारका रेवप्रसाद मैनालीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका मध्ये रामबहादुर घिसिङ्को साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले बताए ।
पक्राउ परेका रेवप्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको साथबाट पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरु लामो समयदेखि विप्लव समूहमा आवद्ध रहेको र यसअघि पनि गैडाटारमा रहेको एनसेलको टावरको आगजनीमा समेत उनीहरुको संलग्नता रहेको प्रहरीको दावी छ ।
प्रतिक्रिया