बीरगंज । नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गरेको छ । नेकपाले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहत दिन माग गरेको हो ।
पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने, बिना पक्षपात राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरिएको नेकपाका युवा नेता प्रदेश सदस्य रामबाबु बैठाले वताए ।
यसका साथै नेकपाले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपतीबाट बच्न पूर्व तयारीका लागि काम गर्न अधिकार सम्पन्न 'प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण' गठन गर्न समेत माग गरेको छ ।
नेकपाका पर्सा अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
प्रतिक्रिया