नितेश कर्न, वीरगन्ज २७ असार। वीरगञ्जको श्री माईस्थान विद्यापिठ स्कुलमा बिधार्थीहरुले तोडफोड गरेका छन् । विद्यापिठ स्कुलमा अग्रेजी माध्यममा पठनपाठन गर्ने बिद्यार्थीहरुले स्कुल प्रशासन तथा प्रधानाध्यपकको कक्षमा तोडफोड गरेका छन् । बिद्यायलयमा प्रथम टेष्ट परिक्षा चलि रहेको छ । परिक्षा दिनका लागि कक्षा ९ र १० को बिधार्थीहरु स्कुल पुगेकोमा विधार्थीहरु तथा शिक्षकहरु बिच प्रवेश पत्र चेकजाँचको विषयमा बिवाद शुरु भएको थियो ।
बिधार्थीहरुले पढाई नभएको बिषय वस्तु पनि प्रश्न पत्रमा राखेको तथा स्कुल प्रशासनले प्रवेश पत्र चेकजाँचको बहानामा बिधार्थीहरुलाई दुख दिएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको थियो ।
स्कुल प्रशासनले केहि उडण्ड प्रवृतिका बिधार्थीहरु नियत बस तोडफोड गरेको आरोप लागएकोछ । बिद्यालयका प्रअ मुर्तुजा अंसारीले अनुसान यस्ता बिद्यार्थीहरुलाई कारवाही गर्ने चेतावनी दिनु भएको छ ।
बिद्यार्थीहरुले स्कुलको फर्निचर,कुसीर्, टेवल,प्रअ वस्ने कोठाको चेयर,सिसिटिभी,एइडी तोडफोड गर्नुका साथै उत्तर पुस्तिका पनि च्यातेका छन् । तोडफोडमा उत्रेका विद्यार्थीहरुलाई प्रहरीले लखेटेका छन् । बिद्यालयको सुरक्षा व्यवस्था कडा गरिएको छ तथा अर्को सिफ्टमा आयोजना हुने परिक्षालाई मर्यादित बनाउँने तथा पटक पटक बिद्यालयलाई बिवादमा तान्न खोज्ने बिद्यार्थीहरुलाई के गर्ने भन्ने बिषयमा बिद्यालय प्रशासन तथा व्यवस्थापन पनि छलफल भईरहेको बताइएको छ । यस अघि पनि ईङ्गलिस मिडियमका बिधार्थीहरुले बिद्यालयमा बिभिन्न बहाना तोडफोड गर्नुका साथै आन्दोलन लगायतका गतिबिधीहरु गर्दै आएको बिद्यालय प्रशासनको भनाई रहेको छ ।
प्रतिक्रिया