वीरगन्ज : नेपाली कांग्रेसले पर्साको ग्रामीण क्षेत्रका नाकाहरुमा पनि भारतीय सवारी साधन प्रवेश गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ ।
पछिल्लो समय प्रहरी प्रशासनले भारतबाट ग्रामीण भेगका नाका हुँदै नेपालमा प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारी साधनहरुको चेकजाँचको नाममा अनावश्यक दुःख दिएको भन्दै कांग्रेसले ज्ञापन पत्र बुझाएको हो ।
कांग्रैस पर्सा क्षेत्र नम्बर ४ का सभापति रमेश पाण्डेको नेतृत्वमा गएका टोलिले पर्साका प्रमुख जिल्ल अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै भारतसँग सीमा जोडिएका पर्साका ग्रामीण भेगका नाकाहरुमा पनि भारतीय सवारी साधनको इन्ट्रि गर्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।
एक दिनका लागि भारतबाट नेपाल प्रवेश गर्ने साना चार पाङग्रे भारतीय नम्बर प्लेटका सवारी साधनका लागि वीरगन्ज भन्सार नाकामा मात्रै इन्ट्रि गर्ने सुविधा छ । भन्सार नाका बाहेक ग्रामीण भेगका नाकामा सवारी साधन इन्ट्रि गर्ने सुविधा नरहेकाले यसले दुवै देशका सीमावर्ती नागरिकलाई सास्ती हुने गरेको काांग्रेसको भनाइ छ । पछिल्लो समय प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनको चेकजाँचमा कडाइ गरेपछि यसले झन् समस्या थपिएको कांग्रेसले बतायो ।
कांग्रेसले पर्साको भिस्वा, जानकिटोला, ठोरी, मिर्जापुर, बलुवा, पाण्डेपुर र सेढवास्थित प्रहरी चौकीमा भारतीय नम्बर प्लेटका सवारी साधनको इन्ट्रि गर्ने व्यवस्था मिलाउन माग गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझानउन गएको टोलीमा कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का सभापति रमेश पाण्डेको नेतृत्वमामा गएको टोलिमा कांग्रेसका जिल्ला सदस्य नविन सिह, क्षेत्र नम्बर ४ का सचिव श्रीकान्त यादव, तरुण दलका जिल्ला कोषाध्यक्ष बलिस्टर साह, भिस्वा गाउका पार्टीका सभापती धुरेन्द्र साह, सम्भौता गाउका सभापती इसराइल देवान लगायत नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया