वीरगंज, १२ साउन/
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिमरामा सिसिटिभी जडानको लागि आर्थिक सहयोग गरिएको छ ।
सिमरामा रहेका तीनवटा बैंकले सिसिटिभी जडानको लागि सिसिटिभी जडान तथा व्यवस्थापन समितिका सचिव मोहनप्रसाद शर्मालाई आर्थिक सहयोग प्रदान गरेको हो ।
इलाका प्रहरी कार्यालय सिमरामा एक कार्यक्रमबीच सिद्धार्थ बैंकले रु २५ हजार, एसबिआइ बैंकले रु २० हजार र नबिल बैंकले रु १५ हजार सहयोगस्वरुप सिसिटिभी जडान तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको इप्रकाका प्रमुख प्रनाउ गोविन्द पुरीले जानकारी गराएका छन् ।
प्रतिक्रिया