काठमाडौं- सुनको मूल्य लगातार बढेको छ। एकैदिनमा सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको हो।
शुक्रबार छापावाला सुन एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ। बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ६५ हजार कायम भएको छ। बिहीबार प्रतितोला ६४ हजार थियो।
बिहीबार पनि बुधबारको तुलनामा एक हजार रूपैयाँले मूल्य बढेको थियो।
ठिक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ३ सय ९५ डलर नाघेको छ।
यसैगरी तेजाबी सुनको मूल्य पनि शुक्रबार बढेर ६४ हजार ७ सय रूपैयाँ पुगेको छ। आज चाँदी प्रतितोला ७ सय ४० मा कारोबार भइरहेको छ।
प्रतिक्रिया