Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

बढ्दो प्रदुषणबारे सरोकारवालाहरुको चिन्ता

SHARE: 520

सिमरा : सरकारले नै स्मार्ट सिटीका रुपमा बिकास गर्ने अवधारण अघी सारेको बाराको जीतपुरसिमरा उपमहानगर क्षेत्रमा बढ्दै गएको प्रदुशणबारे सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।

बढ्दो औद्योगीकरण र सञ्चालनमा रहेका उद्योगहरु मापदण्डभित्र रहन नसक्दा यस वरपरको वातावरणमा पर्न जाने नकारात्मक असरप्रती उनिहरुले चिन्ता ब्यक्त गरेका हुन् ।

बिश्व वातावरण दिवसका अवसरमा बिभिन्न बन उपभोक्ता समितीको सहयोगमा पर्सा राष्ट्रिय निकुञ्ज मध्येवती सामुदायीक बन उपभोक्ता समुहले आयोजना गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले वातावरण संरक्षणमा सबै एकजुट भएर गम्भिरका साथ लाग्नुपर्ने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बारा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचीत प्रदेशसभा सदस्य सुन्दर बहादुर बिश्वकर्माले स्थानियमा एकरुपता नहुँदा यस क्षेत्रको वातावरण संरक्षणमा अपेक्षाकृत प्रगती हुन नसकेको धारण राखेका छन् । 'यहाँका कलकारखानाले निम्त्याएको प्रदुशण नियन्त्रका लागी कयौँ पटक आन्दोलन र वार्ताका कुराहरु भए । तर आन्दोलनले सार्थकता नपाउँदै अभियान्ताहरुबिच नै अलग धार पैदा हुनेगरेका कारण हामी सफल हुन सकेका छैनौँ ।' कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश सांसद बिश्वकर्माले भने ।

मानव बस्ती र सिमसार क्षेत्रसँगै रहेका उद्योगहरुबाट निस्कने प्रदुशणले मानव स्वास्थ्यलाई मात्र नभै जिवजन्तु र बोटबिरुवालाई पनी उत्तीकै असर गरेको उनको भनाई छ । 

राष्ट्रिय र बहुराष्ट्रिय पहिचान बनाएका उद्योगलाई मापदण्डभित्रै राख्न एक्लो दवाबले नपुग्ने भन्दै उनले भने, 'प्रदुशणबिरुद्ध एक दुई जना साथीहरु मात्रै लागीरहेको देखेको छु, त्यतीले पुग्दैन । सबै एकजुट भएर अघी बढ्नु आवश्यक छ ।' वातावरण संरक्षणमा स्थानिय तहले पनी गम्भिर रुपमा भुमिका खेल्नुपर्ने उनको भनाई छ ।

पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिरमान महर्जनले वातावरण संरक्षणमा बनजंगलको संरक्षण नै महत्वपुर्ण रहेकाले सबैले आ आफ्नो स्थानबाट बन संरक्षणको बाटोमा लाग्नुपर्ने धारणा राखे ।

त्यसैगरी नेकपाका नेता एवं सामाजिक अभियान्ता मनोज पौडेलले यस क्षेत्रमा प्रदुशणले बिकराल परिस्थिती श्रृजना भैसकेको भन्दै यसको नियन्त्रमा गम्भिर भएर लाग्न नगरबासीलाई आग्रह गरे ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष जगन्नाथ घिमिर, जनकल्याण साकोस सिमराका अध्यक्ष मधुसुदन सिटौला, भिमेश्वर सामुदायिक बनका अध्यक्ष पेशल मुल्मीलगाएतले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा मध्यवर्ती सामुदायिक बन क्षेत्रका बिभिन्न उपभोक्ता समितीका पदाधिकारीहरु लगाएत वातावरण संरक्षणको अभियानमा लागेका सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा राधाकृष्ण सा. बनका अध्यक्ष चोला बहादुर पण्डितले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार कृष्ण सिग्देलले गरेका थिए ।



विश्व वातावरण दिवसका अवसरमा बिद्यार्थीले रोपे रुख


मनहर्वा : विश्व वातावरण दिवसका अवसरमा जीतपुरसिमरा उपहानगरपालिका १६ पिलुवास्थित बारा एकेडेमीले वृक्षरोपण गरेको छ । विद्यालयले हलखोरिया साझेदारी वन क्षेत्रको पिलुवा नजिकै खाली स्थानमा विभिन्न प्रजातीका ३ सय विरुवा रोपिएको विद्यालयका संचालक हरिदेव खरेलले जानकारी दिए ।

बृक्षरोपण कार्यक्रममा विद्यालयको कक्षा ६ देखी १० सम्मका ४ सय ५० छात्रछात्रा सहभागी भएका थिए । 

दिवसका अवसरमा वातावरण संरक्षणमा बिद्यार्थिहरुलाई अग्रसर गराउन भन्दै बकाईनो, अशोक, मेवा, आँप, कटहर, लिची, अम्बा र विभिन्न रंगमा फुल्ने फूलका विरुवा रोप्न लगाईएको खरेलले बताए ।

बृक्षरोपण कार्यक्रम अघी बिद्यार्थीहरुले वातावरण जोगाँऔं, रुख रोपौं, वन जंगलको संरक्षण गरौं लगायतका नारा लेखिएका प्लेकार्ड सहित गाउँ परिक्रमा गरेका थिए ।
 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: बढ्दो प्रदुषणबारे सरोकारवालाहरुको चिन्ता
बढ्दो प्रदुषणबारे सरोकारवालाहरुको चिन्ता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1YodEeTT_DUmXqUO0VZwnJAt7i3gbIAbJSbPLfisfnUkpzQF3fTfFTyEssMKfIfQ7e3Ze_PMlbq98blUwowZS7wqcGNirIFsgCCXnrv6vQgl3PjMDoGVrSAgfByzo5r7sqIPbOW_FIRXH/s320/325343555banner-742685.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1YodEeTT_DUmXqUO0VZwnJAt7i3gbIAbJSbPLfisfnUkpzQF3fTfFTyEssMKfIfQ7e3Ze_PMlbq98blUwowZS7wqcGNirIFsgCCXnrv6vQgl3PjMDoGVrSAgfByzo5r7sqIPbOW_FIRXH/s72-c/325343555banner-742685.jpeg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/06/blog-post_92.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/06/blog-post_92.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content