वीरगञ्ज,जेठ २२
विश्व वातावरण दिवस वीरगन्जमा पनि विभिन्न कार्यक्रम गरिमनाइएको छ । "हाम्रो जिवजन्तु, हाम्रो वातावरण र राम्रो वातावरण, राम्रो वतावरणको संरक्षण गरौं" भन्ने नाराका साथ वीरगंजको घन्टाघरमा जिएचपि विद्यालयले आयोजन गरेको कर्यक्रमको उदघाटना नगरप्रमुख सरावगीले गर्नुभएको थियो । हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विश्वव्यापी रुपमा यो दिवस अवसरमा वृक्षा रोपण तथा सचेतना –याली गरि वातावरण दिवस मनाइको हो । कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफनो मन्तव्य व्यक्त गदै वातावरणको समस्याले दिन प्रतिदिन विकराल वन्दैगएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।उहाले ठूला ठूला सहरहरुमा स्वच्छ हावा लिनका लागि च्याम्बरर्सहरु बनाइएको बताउदै वातावर प्रतिको सजग्ता अपनाउन सबैनगरवासीलाई अनुरोध समेत गर्नुभयो । आजैदेखि हामी वातावरणमा ध्यान दियौं भने त्यस्ता अवस्थालाई पक्कै रोक्न सकिने उहाको भनाइ रहेको थियो । नगर प्रमुख सरावगीले फोहरमैलाको विषयमा पनि हामीले घरबाहिर फोहर फाल्ने बानीलाई परिवर्तन गर्नुपर्ने बताउदै फोहर फाल्नु भन्दापनि त्यसको व्यवस्थापन हरेकघरबाट कसरी डिस्पोज गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।उहाले ग्रामीण भेगमा विरुवाहरु बाड्ने काम भइहेको र एक व्यक्तिले कम्तीमा पनि दुई दुई वटा विरुवाहरु रोप्न सक्यो भने यसले भोलिका दिनमा वातावरणहरुमा पक्कै सहयोग पुग्ने धारणा राख्नु भयो । घरबाट दुई किसिमको फोहर निस्कन्छ, एउटा कुहिने र एउटा नकुहिने, त्यसलाई छुट्याएर कुहिने फोहरबाट मल उत्पादन गर्नुपर्ने भन्दै कुहिने फोहरबाट जो पनि घरमै मल बनाई प्रयोग समेत गर्न सक्ने बताए । फोहरबाट कहिलेपनि नराम्री हुँदैन, तर फोहरलाई हामी व्यवस्थित गर्न सकि रहेको छैन, फोहरलाई सदुपयोग गर्न सक्नुपर्छ, यो महानगरपालिकाको मात्र दायित्व होइन, जसले फोहर गर्छ त्यसले पनि फोहरलाई व्यवस्थित गर्नसके चाँडै महानगर फोहरमुक्त हुने नगर प्रमुख सरावगीको भनाइ समेत रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्धिवेदी,वातावरण अभियन्ता जसपालसिह लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
यसैगरी डिएभिराबि केडिया स्कुलले पनि क्लिन विरगन्ज,ग्रीन विरगन्ज नाराका साथ बातावरण वीरगन्जको आर्दशनगरमा बृक्षा रोपन कार्यक्रमको आयोजन गरेको थियो ।बातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख सरावगीले बृक्षा रोप्न गरी उदघाटन गर्नु भएको थियो ।
प्रतिक्रिया