वीरगंज, २६ जेठ ।
वीरगञ्ज महानगरपालीका वडा नम्बर ३१ बेलवामा निर्माण हुन लागेको पक्की ढलान सडकको एक कार्यक्रमका बीच संघीय सांसद प्रदिप यादवले शिलान्यास गर्नु भएको छ ।
समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष समेत रहनु भएका प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवको विशेष पहलमा शहरी विकाश मन्त्रालयको ५० लाख तथा स्थानीय जन श्रमदानबाट १० लाख गरी ६० लाखको लागतमा पक्की ढलान सडक निर्माण हुन लागेको हो ।
बेलवा चकरदहवा चौक देखी बेलवा सम्म २५० मिटर पक्की ढलान सडकको शिलान्यास गर्दै सांसद यादवले परिवर्तनलाई संस्थागत गर्न विकाश निर्माण कार्यलाई तिब्रता दिनु पर्ने बताउनु भयो । विभिन्न चरणमा भएको आन्दोलनले व्यवस्था मात्र परिवर्तन भएको तर अहिले पनि गाउठाउको अवस्था जस्ताको तस्तै रहेकोले अबको समय विकाश निर्माणको माध्यमले देशको कुना कुनामा परिवर्तनलाई अनुभुती गराउने समय भएको बताउनु भयो ।
हामी तपाईले विभिन्न आन्दोलन गरेर ल्याएको परिवर्तनलाई यथास्थितीवादी र संघियता विरोधी तथा परिवर्तन विरोधी तत्वहरूले नरूचाएकोले त्यस्ता परिवर्तन विरोधीहरूलाई परास्त गर्न हामी सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । शिलान्यास कार्यक्रममा वडा अध्यक्ष चुमनदास थारू,समाजवादी पार्टी नेपाल पर्सा वीरगंज महानगरपालीका वडा नम्बर ३१ का ईकाइ अध्यक्ष सुलेमान अंसारी,पार्टीका नेता शेख भिखारी,जितेन्द्र यादव, युवा नेता शहिद मिया धोवी लगाएत स्थानीयको उल्लेखनिय उपस्थिती रहेको थियो ।

प्रतिक्रिया