बारा जेठ २०
पहिलो श्रीमती रहेको जानकारी हुँदाहुँदै कान्छी बनेर भित्रिएका बाराकी एक महिलाको कारागारको बास भएको छ।
बहुविवाहको मुद्दामा दोषी ठहर भएपछि सातवर्षदेखि फरार रहँदै आएकी बाराकी एक महिलालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० कि २७ वर्षीया उषादेवी राय भरलाई प्रहरीले पक्राउ गरेको हो।
बहुविवाह गरेको अभियोगमा उनीविरुद्ध जिल्ला अदालत बाराले २०६९ जेठ ४ गते १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसलासँगै फरार रहँदै आएकी भरलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख (एसपी) सानुराम भट्टराईले पहिलो श्रीमती रहेको थाहा हुँदाहुँदै विवाह गरेकाले श्रीमान र कान्छी श्रीमती समेत कानून अनुसार प्रतिवादी बनाइएको नेपालखबरसँग बताए।
उनलाई बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद सजाय भुक्तानको लागि वीरगञ्ज कारागार कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रतिक्रिया