असार १२, २०७६ पर्सा : योजदानमा आधारित सामाजिक सुरक्षा योजना असफल हुने हो कि भनी समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्विन) ले चिन्ता व्यक्त गरेको छ। गएको मंसिर ११ गते नेपाल सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आगामी साउन १ गतेदेखि कार्यान्वयन तहमा आउने भए पनि अझै उद्योगी व्यवसायीले उद्योग प्रतिष्ठान सूचीकरण नगरेको भन्दै ह्विनले चिन्ता जनाएको हो। साउन आउन अब धेरै समय बाँकी छैन। तर नेपाल सरकारले बारम्बार आह्वान गर्दासमेत नेपालका उद्योगी-व्यवसायी सूचीकरण नभएकोले योगदानमा आधारित सामाजिक सुरक्षा योजना नै धरापमा पर्ने हो कि भन्ने आशंका लागेको ह्विनका अध्यक्ष आनन्द थामीले बताए। 'जतिबढी सामाजिक सुरक्षा त्यति बढी श्रम लचकता' भन्दै आएका समग्र उद्योग ट्रेड युनियन नेपाल (ह्वीन) सँग आबद्ध श्रमिकहरू उद्योगी-व्यवसायीको यस्तो हेपाहा प्रवृत्तिबाट अहिले सशंकित भएका छन्' उनले भने। उद्योगी-व्यवसायीलाई घच्घच्याउन बुधबार पाँचवटा प्रदेशका मुख्यमन्त्रीसहित सामाजिक सुरक्षा कोषको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, १० वटै श्रम तथा रोजगार कार्यालय, जिल्लागत उद्योग वाणिज्य संघ र ह्वीन क्रियासिल २२९ वटा उद्योगमा एकै पटक दवाव स्वरुप ज्ञापन पत्र बुझाइएको अध्यक्ष थामीले बताए। ह्वीन उत्पादकत्व बृद्धि र औद्योगिक शान्तिका लागि मर्यादित काम गर्न सधैं तत्पर रहेको पनि उनले बताए। प्रदेश नं. १ मा ४६ वटा उद्योग, प्रदेश नं. २ मा ७१ वटा, प्रदेश नं. ३ मा ७१, गण्डकी प्रदेशमा २० वटा र प्रदेश नं. ५ मा २१ वटा गरी कुल २२९ उद्योगमा संगठित श्रमिक रहेका छन्। यी उद्योगमा कार्यरत २१ हजार ७ सय ८८ जना श्रमिकको प्रतिनिधित्व छ। तथापि सबै उद्योगले सूचीकरणमा दर्ता हुन आनाकानी गरेकोले ह्वीनका सबै कमिटीका १ हजार २०५ जना नेता, कार्यकर्ता बुधबार ज्ञापन बुझाउन परिचालन भएको ह्विनका अध्यक्ष थामी बताए। यति धेरै श्रमिक एकै पटक उद्योग प्रतिष्ठानलाई सूचीकृत होउ भनी गोलबन्द भएको सम्वभतः नेपालको श्रम आन्दोलनको इतिहासमा नै पहिलो घटना हुनसक्ने उनले दावी गरे। ट्रेड यूनियन औद्योगिक शान्ति कायम राख्न प्रतिबद्ध रहेको अवस्थामा हाम्रो दवावबाट रोजगारदाता गम्भीर भई सूचीकरणमा शीघ्र सहभागी हुने अपेक्षासमेत गरिएको अध्यक्ष थामीको भनाइ छ। सरकारले गत मंसिर ११ देखि प्रारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनका लागि उद्योगी व्यवसायी पनि तयार हुनु पर्ने ह्विनकी केन्द्रीय सदस्य गीता भण्डारीको पनि जोड छ। यो योजना साउन १ गतेबाट लागू हुँदा नेपालका संगठित ३५ लाख श्रमिकलाई लाभ मिल्ने उनको भनाइ छ।
आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?
$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home
$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home
$show=home
ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस
एउटा लाइक गरेर मनोबल बढाउनुहोस्
[आजका पाठकहरु]
Search Bar
Facebook Likes$type=social_counter
MAIN QUOTE$quote=Steve Jobs

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.
[साताको खबर]$type=one
-
Software Secrets -- Exposed! Create Your Own Software Empire -- Even If You Cant Program Your Own Vcr! Press Release Script Users Can S...
-
How To Get Many Back Links To Your Site With Articles Marketing 1630 One of the most effective and powerful methods to promote your web si...
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
/fa-clock-o/ लोकप्रिय$type=list
-
Affiliate programs are the perfect way to optimise your website and to subsidise any income. Depending on the amount of work that you are wi...
-
If you do not have one million dollars in your pocket, you might find reading what I have to say worth a moment of your time. I'...
ब्रह्मास्त्र दैनिक
हाम्रो बारेमा
प्रकाशक/सम्पादक
मनोरंजन यादव
कार्यालय
सम्पर्क फोन नं. ०५१–५२४९६९, ९८४५०२२१११
email:brahmastr@gmail.com
www.brahmastr.com.np
मुद्रक ः–पौडेल अफसेट प्रेस माईस्थान, वीरगंज
प्रतिक्रिया