वीरगंज,२८ जेष्ठ ।
समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य
सांसद प्रदिप यादवको निरन्तर प्रयासले गर्दा नारायणी रंगशालालाई मर्मत
सम्भार तथा कबड हल निर्माणका लागी खेलकुद मन्त्रालयले ७ करोड बजेट
छुटयाएको छ ।
सांसद यादवले संघिय संसदमा बजेट सम्बन्धी भएको विभिन्न छलफलहरुमा नारायणी
रंगशालालाई मर्मत सम्भारका लागी निरन्तर आवाज उठाएपछि खेलकुद मन्त्रालयले
रंगशाला मर्मतका लागी ५ करोड र कबड हल निर्माणका लागी २ करोड बजेट
विनियोजन गरेको हो । २०४२ सालमा निर्माण भएको रंगशाला अहिले कोमामा
गइसेको अवस्थामा आइसकेपनि रंगशालाको मर्मतमा सरकारले ध्यान नदिएको भन्दै
सांसद यादवले निरन्तर संसदमा आवाज उठाउदै आउनु भएको थियो । २०४२ सालमा
त्यो बेलाको पञ्चायत सरकारले एक रुपैया पैसामा पनि निर्माणमा सहयोग गरेको
थिएन स्थानीयको श्रमदान बाट स्थानीय व्यक्तीहरुले प्रदान गरेको १८ विगाहा
जग्गामा नारायणी रंगशाला निर्माण भएको थियो । संसदमा बोल्दै सांसद यादवले
रंगशाला निर्माण पछि विभिन्न राष्ट्रिय स्तरका खेलहरु भएपनि सरकारले
समयमा यस्को मर्मत सम्भार नगरिदिदा अहिले यस्को हालत कोमामा गइसकेको
अवस्थामा रहेकोले यस्को मर्मत सम्भारमा सरकारले गम्भीरता पुर्वक ध्यान
दिन आग्रह गर्नु भएको थियो । आज संघिय संसदमा युवा तथा खेलकुद
मन्त्रालय,शहरी मन्त्रालय तथा अर्थ मन्त्रयालयको विनियोजन विधेयक २०७६
माथीको छलफलमा बोल्दै सांसद यादवले खेलकुद मन्त्रालयले नारायणी रंगशाला
मर्मत सम्भारका लागी ५ करोड तथा कबड हल निर्माणका लागी २ करोड बजेट
विनियोजन गरेको प्रति खेलकुद मन्त्रालयलाई धन्यवाद व्यक्त गर्नु भयो ।
संसदमा बोल्दै सांसद यादवले नारायणी रंगशाला संगै रहेको क्रिकेट मैदानलाई
समेत मर्मत सम्भारको आवश्यक्ता रहेको जानकारी गराउदै यस्को मर्मत
सम्भारमा समेत सरकारले गम्भीरता देखाउन आग्रह गर्नु भयो । विचमा केही
मर्मतका कामहरु भएपनि अहिले अधुरो अवस्थामा रहेको क्रिकेट मैदानलाई
व्यवस्थीत बनाउन मर्मत सम्भारका लागी सरकारलाई आग्रह गर्नु भयो ।
वीरगञ्जमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका क्रिकेट खेलाडीहरु रहेकोले
क्रिकेट खेललाई अझ उचाइमा लग्न यस्को मर्मत सम्भारको आवश्यक्ता रहेको
बताउनु भयो ।

प्रतिक्रिया