Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

आजको ब्रह्मास्त्र दैनिक पढ्नुभयो ?

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=blogging$count=7$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

Brahmastra Daily is inaugurated by Ex-prime minister and Nepali Congress party president Late. Girija Prasad Koirala on 27th Ashoj 2057. It is being published on regular basis and covering Parsa, Bara, Rautahat, Sarlahi, Makwanpur etc. districts through direct distribution channel. Brahmastra Daily is a reputed daily in the region and has been awarded for its excellency at several occasions of which more recently has got the award of honor presented by the Rt. Hon'ble vice-president of Nepal Mr. Parmanand Jha.

$show=home

 ब्रह्मास्त्र दैनिक इपेपर पिडिएफमा पढ्नुहोस

वीरगञ्जमा ३९ प्रधानाध्यापकको रातारात सरुवा

SHARE: 520

वीरगञ्ज – वीरगञ्ज महानगरपालिको शिक्षा समितिले गोप्य रूपमा रातारात ३९ जना प्रधानाध्यापकहरूको सरुवा गरेको छ। प्राथमिक, आधारभूत तथा माध्यमिक विद्यालय गरी विभिन्न ३९ वटा विद्यालयका प्रधानाध्यापकहरूको सरुवा गरिएको हो।

महानगरभित्र पर्ने ती विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि मेयर विजयकुमार सरावगी संयोजक रहेको शिक्षा समितिले ती प्रधानाध्यापकहरूको सरुवा गरेको हो। महानगरको उक्त निर्णय सार्वजनिक भएपछि अहिले महानगरका मेयर विजयकुमार सरावगी र शिक्षा समितिको चर्को आलोचना भइरहेको शिक्षा समितिकै सदस्यहरूले बताएका छन्।

शिक्षा समितिकी सदस्य तथा कार्यपालिका सदस्य मनोजा चौधरीले मेयर सरावगीकै इशारामा शिक्षा समितिका अन्य सदस्यहरूलाई थाहै नदिई अचानक सरुवा गरी निर्णय पुस्तिकामा हस्ताक्षर गराउन लागेपछि आफूलाई थाहा भएको जानकारी गराइन्। उनले भनिन्, 'हामीलाई केही पनि थाहा छैन, सरुवा भइसकेको छ, तपाईंहरू दस्तखत गर्नुस् भन्दा म शिक्षा समितिको बैठकबाट बाहिरिएँ, मेयर साहेबले हैकमवादी तरिकाले महानगरलाई चलाउन थाल्नुभएको छ।'

मेयर सरावगीले आफूनिकटका लागि राम्रो ठाउँमा पार्दै राजनीतिक पूर्वाग्रहका आडमा ३९ प्रधानाध्यापकको सुटुक्क सरुवा गरेको उनको आरोप छ। सरुवाका लागि मंगलबार बसेको समितिको बैठकमा समितिभित्रकै सदस्यको विरोधका बीच नगर प्रमुख सरावगीले पेलेर प्रधानाध्यापकको सरुवा गरेको बताइएको छ।

वीरगञ्जका मेयर सरावगीसँग कुराकानी गर्दा सरुवा भएको कुरा सही हो, तर कार्यान्वयनको चरणमा रहेकाले हाल सरुवा नामावली सार्वजनिक गर्न नमिल्ने बताए। उनका प्रेस संयोजक अनिल तिवारीले आज बुधबार सार्वजनिक बिदा परेकाले शुक्रबारसम्ममा पत्रकार सम्मेलन गरी शिक्षा समितिको निर्णय र सरुवासम्बन्धी नामावली सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी गराए।

शिक्षा समितिमा मेयर सरावगीनिकट सदस्य बढी भएकाले अन्य पार्टीका सदस्यलाई पेलेर निर्णय गरिएको कांग्रेसबाट सदस्य रहेकी मनोजा चौधरीले बताइन्। मेयर सरावगीले बैठकमा मौखिक निर्णय सुनाउँदै निर्णय गर्न आग्रह गर्दै भने, '३९ जनाको सरुवाको विरोध गर्दा, बस्न मन लागे बस्नुस्, नत्र हल छोडेर भाग्नुस्।'

पूर्वाग्रही ढंगले नगरपालिकाले सरुवा गरेको भन्दै ती प्रधानाध्यापकले भने आक्रोश व्यक्त गरे। मेयरकै मनोपोली ढंगले गत पुस महिनामा पनि आठ जना प्रधानाध्यापकको सरुवा गर्दा विद्यार्थी आक्रोशित भई तोडफोड र प्रहरीसँगको झडपमा समेत उत्रिएका थिए। माईस्थान माध्यमिक विद्यालयका प्रधानाध्यपक विनोद मेहतालाई सुखचैना माध्यमिक विद्यालयमा सरुवा गर्दा उनी सर्वोच्च अदालतमासम्म रिट हालेका छन्।
आन्दोलनको तयारीमा शिक्षक महासंघ

विगतको प्रवृत्तिलाई अंगिकार गर्दै हालै महानगरले गरेको प्रधानाध्यपक सरुवाले नेपाल शिक्षक महासंघले विरोध जनाएको छ। नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले हचुवाको भरमा गरिएको सरुवाको आफूहरूले कडा रूपमा विरोध गर्ने बताए। उनले भने, 'नाम सार्वजनिक अहिले भएको छैन, नाम सार्वजनिक भएपछि सबै कुरा थाहा हुन्छ कसलाई कहाँ पठाइएको छ भनेर। उनले त्यसपछि आफूहरूले चरणवद्ध कार्यक्रम गरी आन्दोलनको घोषणा गर्ने उनले बताए।नेपाली पब्लिक 

प्रतिक्रिया

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

epaper,51,main news,17,news,364,
ltr
item
Brahmastr Daily: वीरगञ्जमा ३९ प्रधानाध्यापकको रातारात सरुवा
वीरगञ्जमा ३९ प्रधानाध्यापकको रातारात सरुवा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguWuqnEQmgn00le1JsE5ebR_R-9ufDC5snmxnLAkUSc4t96s9YBX608-dXkl4h3qOIWvTCe5vTj-SMQH5Nk8ZL03WHCvCWlFKbhcvMa49YM-keZegDSWkqxPrkoCJQulFuMClDZUaCcDVI/s320/birgunj-mahanagar1-747516.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEguWuqnEQmgn00le1JsE5ebR_R-9ufDC5snmxnLAkUSc4t96s9YBX608-dXkl4h3qOIWvTCe5vTj-SMQH5Nk8ZL03WHCvCWlFKbhcvMa49YM-keZegDSWkqxPrkoCJQulFuMClDZUaCcDVI/s72-c/birgunj-mahanagar1-747516.jpg
Brahmastr Daily
https://www.brahmastra.com.np/2019/06/blog-post_45.html
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/
https://www.brahmastra.com.np/2019/06/blog-post_45.html
true
4217267867788842207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content