२०७६ जेठ १९ आइतबार १२:४८:००
निजगढ : निजगढ नगरपालिका वडा नम्बर ३ भरतगंजसिंगौलस्थित बगर खोलामा निर्माण हुने झोलुंगे पुलको आईतबार शिलान्यास गरिएकोछ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरेस कुमार खनाल,उपप्रमुख लिलादेवी लामिछाने खनाल,प्रमुख कार्यकारी अधिकृत बिशकशेन ढकालले संयुक्त रुपमा पुलको शिलान्याश गर्नुभएको हो ।
ट्रायल ब्रिज सपोर्ट युनिट हेल्भेटास र निजगढ नगरपालिकाको समन्वयमा पुल निर्माण हुन लागेको निर्माणाधीन पुलको लम्बाई १ सय १५ मिटर रहेको छ ।
४३ लाख रुपैंया लागतमा निर्माण हुन लागेको पुलको निर्माण कार्य २ वर्ष भित्र सकिने लक्ष्य रहेको पुल निर्माणमा प्राविधिक सहयोगीको रुपमा रहेको ट्रायल ब्रिज सपोर्ट युनिट हेल्भेटास प्रदेश २ का प्रमुख लाल झाले बताउनुभयो ।
नगरपालिकाको चुरे क्षेत्रमा रहेको वस्तीका स्थानीयलाई वर्षायाममा आवतजावतमा कठिनाई भएपछी पुल निर्माण गर्न लागिएको नगर प्रमुख सुरेस कुमार खनालले बताउनुभयो ।
यसअघि गत बैशाख ११ गतेबाट वडा नम्बर १० को लाल खोलामा पनि झोलुंगे पुल निर्माण कार्य भईरहेकोछ । यो संगै नगरपालिकामा झोलुंगे पुलको संख्या ४ पुग्नेछ ।
प्रतिक्रिया