बारा प्रहरीले भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिम्रौनगढ नगरपालिकाका–८ का १९ वर्षीय श्याम सुन्दर यादव, १८ वर्षीय गुलसन प्रसाद यादव र बारागढी गाउँपालिका–२ का २० वर्षीय सुरेश मुखिया बिन रहेका छन् ।
यस्तै बारागढी गाउँपालिका–२ मलाही टोल बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले रातोपाटीलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बारागढी गाउँपालिका–२ दौरवा मठबाट पक्राउ गरिएको एसपी भट्टराईले बताए ।
पक्राउ परेकाहरुको साथबाट दुईवटा चोरीको मोटरसाइकल समेत बरामद भएको छ । ON TEST RTR अपाची मोटरसाईकल थान-१ र BR 05 R 7538 नम्बर SUPER SPLENDER बरामद भएको हो ।
पक्राउ परेका उनीहरुमाथि चोरी मुद्दामा दालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया