वीरगञ्ज, ६ जेष्ठ÷
राष्ट्रिय वाणिज्य बैंक, जर्मन विकास बैंक तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आज स्थानीय होटल पूजनमा ऊर्जा दक्षता सम्बन्धी कार्यक्रमको आयोजना गरियो ।
वीउवासङ्घका का.वा. अध्यक्ष सुबोधकुमार गुप्ताले स्वागत मन्तव्य प्रस्तुत गर्नु हुँदै आयोजित ऊर्जा दक्षता सम्बन्धी जानकारीमूलक कार्यक्रमबाट उद्योगीहरु उत्साहित भएको बताउनुहुँदै उद्योगहरु कार्यक्रममा सहभागी भई लाभान्वित हुन सक्ने भएकोले कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो ।
जर्मन विकास बैंकका ज्ञानेन्द्र उपाध्यायले नेपाली उद्योगहरुमा ऊर्जा खपत कम गर्न तथा ऊर्जा दक्षतामा लगानी अभिबृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय वाणिज्य बैंक नेपाल तथा जर्मन विकास बैंकको साझेदारीमा नेपाली उद्योगहरुका लागि ऊर्जा दक्षता अनुदान कार्यक्रम सञ्चालनमा गरिरहेको बताउनुभयो । त्यस्तै जर्मन विकास बैंकका निरज सुवेदीले कार्यक्रममा सहभागी हुने उद्योगीहरुलाई प्रदान गर्न सकिने वित्तीय अनुदानका बारे बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक रामजी भण्डारी र होमराज भट्टराई, नेपाल उद्योग वाणिज्य महासङ्घका ऊर्जाविज्ञ उत्तम कुँवरले ऊर्जा दक्षता सम्बन्धी कार्यक्रमका विविध आयामका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका विश्वप्रकाश ज्ञवालीले धन्यवाद मन्तव्य प्रस्तुत गर्नु भएको कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी), महासचिव माधव राजपाल, पदाधिकारी, कार्यसमिति सदस्य र पर्सा–बारा क्षेत्रका उद्योगी÷व्यवसायीहरुको वृहत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया