स्व. रामराजा प्रसाद सिंहको शालिक निर्माण गर्ने मुख्यमन्त्री राउतको उद्घोष
जनकपुरधाम, जेष्ठ १६ । शहीदहरुलाई स्मरण गर्दै प्रदेश सरकारले आयोजना गरेको तीन दिवसीय गणतन्त्र दिवस २०७६ आज सम्पन्न भएको छ ।
दिवसको अन्तिम दिन आज मधेश भवनको कवर्डहलमा आयोजना गरिएको चियापान समारोहमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रको स्थापनाका लागी बलिदानी दिनु हुने अमर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुले देख्नु भएको सपना पुरा गर्ने अभिभारा आफुहरुका काँधमा आएको बताउनु भयो ।
लोकतन्त्रको उच्चतम अभ्यासको रुपमा रहेको गणतान्त्रिक व्यवस्थाको सफलताको लागि प्रदेश सरकार सुशासन र समृद्धिलाई मुल आधार बनाएर अघि बढि रहेको र अगामी दिनमा समेत निरन्तरता पाउने उहाँको कथन थियो ।
गणतन्त्र स्थापनाको लागि अटुट संघर्ष गर्नु भएको स्व. रामराजा प्रसाद सिंहलाई स्मरण गर्नु हुँदै मुख्यमन्त्री राउतले उहाँको सम्झनामा प्रदेश सरकारले यसै वर्ष शालिक निर्माण गर्ने उद्घोष समेत गर्नु भयो ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्रीहरु सरोज सिंह कुशवाहा, योगेन्द्र राय यादव, नीति आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेश सभाका सांसदहरु, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, धनुषा जिल्ला समन्वय समितिका सभापति प्रदेश सरकारका कर्मचारी, सुरक्षा निकायका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेपाली सेनाका टोलीले राष्ट्रिय झण्डा माथि सलामी अर्पण समेत गरेको थियो ।

प्रतिक्रिया