वीरगञ्ज, ५ जेठ । पश्चिमी पर्साको पटेर्वा सुगौली गाउ"पालिकाका प्रमुख हरिनारायण रौनियारले आफ्नै उपप्रमुख ममता महतो थारूसहित पा"चजना माथि जिल्ला अदालत पर्सामा गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ ।
शुरूमा गाउ"पालिकाका कार्यकारी अधिकृत तथा प्रमुख रौनियारको मिलेमतोमा रू दुई करोड ७२ लाखमा खोलाको बोलपत्र निकालेकामा पछि उक्त बोलपत्र रद्द गरी सोही बोलपत्र आफ्नो मान्छेलाई रू एक करोड नौ लाखमा पारेको विषयलाई लिएर उपप्रमुखसहितका सदस्यहरूले विरोध जनाउ"दा प्रमुख रौनियारले अदालतमा सो मुद्दा दायर गर्नुभएकोे हो ।
प्रमुख रौनियारले उपप्रमुख महतो कार्यपालिकाका–३ का वडा अध्यक्ष माधवप्रसाद राउत तथा सदस्यहरू विपिन मुखिया, मानमती देवी, प्रेमशिला देवी र कलही देवीमाथि गाली बेइज्जती मुद्दा दायर गरेको उपप्रमुख महतोले बताउनुभयो ।
उपप्रमुख महतोस"ग जिज्ञासा राख्दा उहा"ले जुन बोलपत्र खुलारूपमा निकाल्नुपर्नेमा त्यो नगरी कार्यकारी अधिकृत चौधरीले रू ७० लाखको चलखेलमा कम रकममा आफ्नो मान्छेलाई बोलपत्र पारेकोले सोको विरोध गर्दा मेयर रौनियारले आफूहरू माथि मुद्दा दायर गरेको बताउनुभयो । यस सम्बन्धमा थप जानकारीका लागि प्रमुख रौनियारस"ग सम्पर्क गर्दा उहा"स"ग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया